Latest News

पारस शाहकी पूर्वप्रेमिका कन्नीकद्धारा आफूसँग पारसकोे बच्चा भएको सनसनीपुर्ण खुलासा !!!

काठमाण्डु– पूर्वयुवराज पारस शाहकी पूर्व थाइ प्रेमिका कन्नीकाले आफूसँग पारस शाहको बच्चा भएको बताएकी छन् ।
पारस नेपाल आएपछि उनीबारे फेसबुकमा विभिन्न पोस्ट गर्दै आएकी कन्नीकाले बुधबार स्ट्याटस राख्दै पारस शाहको बच्चा आफूसँग भएको बताएकी हुन् ।
उनले पहिलो पोस्टमा लेखेकी छन्, ‘मेरो छोराले मलाई प्रश्न गर्यो तपाईं किन नेपाल जानुहुन्न मेरो बुबा नेपालमा हुनुहुन्छ ? म मेरो बुबासँग हुन चाहन्छु । मैले जवाफ दिँए तिम्रो बुबाआमा दुबै मै हुँ ।’
केही मिनेटको अन्तरालमा दोश्रो स्ट्याटसमा उनले लेखिन्, ‘मेरो छोरो ३ महिनाको हुँदा मैले मेरो एक्सबाट उक्लिने निर्णय लिएकी थिएँ । अहिले ८ वर्षको भइसक्दा उसको बाबु पारस शाहसँग म कहिल्यै भेट हुँदिन भनेर प्रश्न गर्दा मेरा आँखाबाट आँसु आउँछन् ।’kannika
kannika1
तर, यसलाई धेरैले पारसलाई बदनाम गराउन उनले यस्तो भनेको टिप्पणी गरेका छन् । उनले छोरा भनेर कुनै तस्बिर पोस्ट भने गरेकी छैनन् ।
Loading...