Loading...
देश गतिहीन, संवेदनहीन र विग्रहको अवस्थामा
पूर्वराजा ज्ञानेन्द्रले अहिले देशको अवस्था गतिहीन भएको र विग्रह बढेको पनि बताएका छन् । ‘अहिले देशमा गतिहीनता, संवेदनहीनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभूति मैले गरेको छु,’ उनको भनाइ छ ।
एकता र प्रजातन्त्रमा राजसंस्थाको भूमिका
पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता र प्रजातन्त्रका लागि राजसंस्थाको भूमिकालाई पनि पुन: स्मरण गर्दै भनेका छन्, ‘नेपाल राष्ट्रको एकीकरण, प्रजातान्त्रीकरण, आधुनिकीकरण एवं मुलुकको अखण्डताको संरक्षण गरी प्रजातान्त्रिक राज्यप्रणाली स्थापनाका निम्ति हामीकहाा भएको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सबैको संयुक्त प्रयत्न रहेको हो ।’ अब मिलेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।
Loading...
Social Buttons