Loading... 
    
 
     
प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनपछि ७ फागुनमा भारत जाँदैछन् । तर दिल्लीले रावतलाई १२ माघमा दिल्ली बोलाएको थियो । १२ माघमा दिल्ली पुगेका रावतले गोप्य राजनीतिक भेटघाट गरेको नेपाल सद्भावना पार्टीका एक नेताले बताए । ‘प्रधानमन्त्री भन्दा पहिले सीकेजीलाई दिल्ली बोलाउनुको अर्थ रहस्यमय छ’ ति नेताले भने ‘रअको माध्यमबाट उनले केही राजनीतिक भेटघाट पनि गरिरहेका छन् ।’
नेपालबाट मधेस छुट्टयाउने पृथकताबादी आन्दोलन चलाईरहेका सीके रावतले खुल्ला कार्यक्रम बन्द गरेपनि गोप्य प्रशिक्षण भने चलाईरहेका छन् । मधेसका अधिकांस ठाउँमा उनले प्रशिक्षण चलाईरहेको सुचना प्रहरी समक्ष पुगिसकेको छ । तर प्रशिक्षण चलाउने उनका सहकर्मीहरु भने हालसम्म पक्राउ परेका छैनन् ।
नेपालबाट मधेस छुट्टयाउने पृथकताबादी आन्दोलन सञ्चालन गरेका रावतलाई भारतीय जासुसी संस्था रअले दिल्ली बोलाउनु र राजनीतिक भेटघाट गराउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण भन्दा पहिले रावतलाई बोलाएर दिल्लीले के खिचडी पकाउँदै छ भन्नेमा मधेसबादी दलका नेताहरु अन्यौलमा छन् ।
केही दिनअघि भारतीय राजदुत रंजित रेले सीके रावतलाई दिल्लीले बोलाएको जानकारी मधेसबादी दलका नेताहरुलाई दिएका थिए । बोलाउनुको कारण राजदुत रेले नखोलेपनि बोलाएको भने पुष्टी गरेको सद्भावनाका ति नेताले बताए ।
मधेस आन्दोलनका समयमा सीके रावतका कार्यकर्ता पनि सहभागि भएका थिए । आन्दोलन स्थगित भएपछि रुपन्देही, कपिलबस्तु, नवलपरासी, सिराह र सप्तरीमा सीके रावतले गोप्य प्रशिक्षण चलाउँदै आएका छन् ।
मधेस आन्दोलनका समयमा सीके रावतका कार्यकर्ता पनि सहभागि भएका थिए । आन्दोलन स्थगित भएपछि रुपन्देही, कपिलबस्तु, नवलपरासी, सिराह र सप्तरीमा सीके रावतले गोप्य प्रशिक्षण चलाउँदै आएका छन् ।
 Loading... 
    
 
     
Social Buttons