Loading...
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गर्नुभएको विज्ञप्तिलाई कसरी लिनुहुन्छ ?
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो विज्ञप्ति सोझो र सिधा अर्थ दिने छ । पूर्वराजाले आफुभित्र गुम्साएर राखेको भावनाहरु स्पष्ट राख्नु भएको छ । मलाई लाग्छ आफ्नो असहमति जाहेर गर्ने समय आएको उहाँले ठानेर नै यस्तो विज्ञप्ति जारी गर्नुभएको हो ।

‘मुलुकको हितका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरेको र राष्ट्रको समुन्नत हितबाट पृथक छैन’ भन्ने वाक्यांशलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालमा भएका राजनीतिक परिवर्तनहरु स्वदेशीको इच्छामात्रैबाट भएका छैनन् । यो सत्य हो । मैले कुनै समय उहाँलाई भेट्दा उहाँबाट अभिव्यक्त भएको विचारको आशय के थियो भने, ‘नेपाली जनताले राजा नरहुन भन्ने ठानेका छैनन् । बाहिरी शक्तिको कारणले गद्दी छाड्नु पर्यो ।’ उहाँको यस्तो आशय रहनु र अहिले यसखाले विज्ञप्ति सार्वजनिक हुनुले पूर्वराजासँग बाहिरी शक्तिसँग सम्पर्क र सम्बन्ध स्थापित भइसकेको बुझ्न सकिन्छ । दोस्रो कुरा उहाँसँग अहिले दुई विकल्प छन् । पहिलो हो यहि व्यवस्थालाई स्वीकार गरेर चुपचाप बस्ने । दोस्रो हो यहि व्यवस्थामा राजसंस्थाको स्पेस खोज्ने । स्पेसकै लागि उहाँ सम्भवतः अन्तिम प्रयास गर्ने योजनामा हुनुहुन्छ । राजसंस्था चाहने जनतालाई उहाँले आश्वासन दिन चाहेको हुनुपर्छ । म सकिएको छैन, देश र जनताको लागि केही गर्ने इच्छा छ भन्ने उहाँको भावना हो । उहाँले राजगद्दी छाड्ने बेला पनि उहाँले राजगद्दीलाई ‘जनताको नासो’ भन्नु भएको थियो । नासोको अर्थ राख्न दिएको भन्ने हो । अनुकुल समयमा लिन आउँछु त त्यतिबेलै भन्नु भएको थियो । उहाँले गणतन्त्र स्वीकार अहिलेसम्म गर्नुभएको छैन । राजाहरु जति देश र जनताप्रति ध्यान राख्थे अहिलेको राजनीतिक नेतृत्वले राख्न सकेको छैन । यसकारण पनि उहाँले ‘मुभ’ गर्न खोजेको हुन सक्छ ।

पूर्वराजाको बाहिरी शक्तिहरुसँग सम्पर्क र सम्बन्ध विस्तार भएको बताउनु भयो, यसको आधार के ?
नेपालको राजनीतिक परिवर्तनमा जहिले पनि भारत जोडिने गरेको छ । ०७ सालदेखि ६२\६३ सालसम्मको परिवर्तन हेर्दा थाहा हुन्छ भारत जोडिएको छ । ६२\६३ को जनआन्दोलनको आधार १२ बुँदे समझदारी थियो । त्यो भारतमै भएको थियो । नेपालको राजनीतिक परिवर्तनमा सहयोग पुर्याउँने भारतका हिजोको सत्ता अहिले फेरिएको छ । भारतमा ६५ वर्षपछि राष्ट्रवादी चरित्रको सत्ता आएको छ । यो सत्ताले नेपालको राजनीतिलाई फरक दृष्टिकोणबाट हेर्ने गर्छ । संविधान जारी गर्ने बेला नेपाल – भारत सम्बन्धमा आएको चिसोपना, भारतको असन्तुष्टि आदिका कारण पूर्वराजामा आत्मविश्वास बढेको बुझ्न सकिन्छ ।

सुन्दर सपना पालेका नेपाली जनता निराश भएको पूर्वराजाले बताउनुभएको छ । यो निराशा त राजसंस्था हुँदा पनि थियो, अहिले पनि छ, यो कुनै नौलो कुरा हो र ?
त्यसो त राणाहरुको शासनकालमा पनि निराशा थियो । आशा देखाएरै प्रजातन्त्र अपदस्थ गरी पञ्चायती व्यवस्था सुरु गरियो । ४६ सालपछि केही आशा नदेखिएको पनि होइन । आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशतसम्म पुगेको पनि थियो । तर पछिल्लो समय शान्ति, सुरक्षा, सार्वभौमिकता, राष्ट्रियता, रोजगारीको विषय पहिलेको भन्दा पनि खराब छ । राजनीतिक उन्नत हुँदै जाने तर मुलुकको परिस्थिति सबैभन्दा खराब बिन्दुमा पुग्दा पूर्वराजा एक्लै कसरी उत्साहि हुन सक्छन् ? निराशा र आशा भन्ने सापेक्षित हुन्छन् ।

राज्यको नयाँ व्यवस्थाले जनताको चाहना सम्बोधन गर्न नसकेको पूर्वराजाको भनाइ छ, उहाँले नेपालमा गणतन्त्र फापेन भन्न त खोज्नु भएको होला नी हैन ?
गणतन्त्रको कुरा मात्रै होइन । नयाँ संविधानले शान्ति, स्थायित्व र समृद्धि यी तीनै कुराको ग्यारेन्टी गर्दै । प्रजातन्त्र शासन व्यवस्थामा सबैभन्दा उन्नत व्यवस्था हो भन्ने मेरो पनि मान्यता हो । तर नयाँ संविधानमा प्रजातान्त्रिक व्यवस्था समृद्ध हुन सक्ने आधार छैन । मलाई लाग्छ पूर्वराजाले पहिले पनि गणतन्त्र स्वीकार गर्नुभएको थिएन । अहिले स्वीकार गर्नु पर्ने कुनै कारण छैन ।

पूर्वराजा बेला बेला भारत, थाइल्याण्डलगायत मुलुक पुग्नुहुन्छ, विशेषगरी भारतजाँदा उहाँको भेटघाट को कोसँग हुन्छ ?
यसबारे म निश्चित त गर्दिन । तर मैले पाएको सूचनाअनुसार उहाँको उच्च राजनीतिक तहसँग भेटवार्ता भएको छ । बैठक भएको छ। सत्तामा रहेका र सत्ताबाहिर रहेका उच्च राजनीतिक तहसँग उहाँको बैठक हुनेगर्छ । भारतको विदेशमन्त्रालयस्थित साउथ ब्लकका कर्मचारीसँग नेपालका नेताहरुले गर्ने जस्तो भेट पूर्वराजाको हुँदैन । उहाँको सम्बन्ध राजनीतिक तहमै विस्तार भएको छ ।

एक पटक खारेज भएको राजसंस्था पुनस्र्थापित भएका घटना पनि छन् विश्वमा । तपाई नेपालमा त्यस्तो सम्भावना देख्नुहुन्छ ?
राजनीति शक्ति सन्तुलनका आधारमा चल्ने कुरा हो । नेपालमा माओवादीहरु शान्ति प्रक्रियामा आएर सिंहदरबार पुग्छन् भन्ने कसले सोचेको थियो र ? उनीहरुको अहिले सिंहदरबारमै बास छ । त्यसकारण नेपालमा राजसंस्था पुनस्र्थापना हुने सम्भावन छ । पूर्वराजा पनि अब वारपारको अवस्थामा आइपुग्नु भएको छ । नेपालमा गणतान्त्रिक संविधान जारी भएपछि समय त घर्केकै मान्नु पर्छ । तर पनि संविधान सशोधन गरेर राजसंस्थालाई स्पेस दिन सकिन्छ । राजसंस्थाबारे जनमत संग्रहबाट पनि निक्र्यौल गर्न सकिन्छ । अन्य अप्राकृतिक बाटाहरु पनि हुन्छन् ।

अप्राकृतिक भन्नाले आन्दोलनबाट ?
आन्दोलन पनि हो एउटा बाटो त । तर राजाको आफ्नै पार्टी दल हुँदैन । राजाको नाम बेचेर राजनीति गर्ने कमल थापाहरुको जस्तो पार्टीले राजसंस्था पुनस्र्थापना गर्ने आन्दोलन गर्न सक्दैन ।

Social Buttons