Latest News

लिंग नबढ्नुको कारण के होला?? लिंग सानो भएमा यौन सन्तुष्टि मिल्छ कि मिल्दैन ?? नयाँ तथ्यसिहत

सामान्य रूपमा लिंगको लम्बाइ कति हुन्छ भन्ने कुरा गरौं । लिंग एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अंग भएर पनि यस्तो भएको हुन सक्छ । कतिपय व्यक्ति यसको आकार वा लम्बाइलाई पुरुषको व्यक्तित्व’ वा भनौं उसको पौरुषत्वसँग जोडिएको मान्छन्त्यसैले उनीहरूमा आफ्नो लिंगप्रति निकै चासो र चिन्ता हुन्छ । यस्तोमा कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर (चिन्ता) गर्छन् । थाहा भएको कुरा होलिंगको लम्बाइ तथा मोटाइ व्यक्तिव्यक्तिअनुसार एकदमै फरकफरक हुन सक्छ । कसैको लामो हुन सक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुन सक्छ भने कसैको पातलो । सालाखालाको कुरा गर्दा यस्तै ८८ प्रतिशत पुरुषको लिंग उत्तेजित हुँदा ५७ इन्चको बीचमा हुने देखिएको छ भने उत्तेजित नहुँदा ३५ इन्च बीचमा हुने देखिएको छ ।
अहिले देशअनुसार लिंगको नापसम्बन्धी अध्ययनहरूका नतिजा पनि सार्वजनिक भएका छन् । अध्ययनअनुसार केही विविधता भए पनि कङ्गोको (७ दशमलव १ इन्च)इक्वेडोरको (६ दशमलव ९ इन्च)हल्यान्डको (६ दशमलव २ इन्च)फ्रान्सको (५ दशमलव ७ इन्च)बेलायतको (५ दशमलव ५ इन्च)संयुक्त राज्य अमेरिकाको (५ दशमलव १ इन्च)पाकिस्तानको (४ दशमलव ८ इन्च)दक्षिण कोरियाको (४ दशमलव ४ इन्च)जापानको (४ दशमलव ३ इन्च)थाइल्यान्डको (४ इन्च)भारतको (४ इन्च)उत्तरी कोरियाको (३ दशमलव ८ इन्च) सालाखाला लिंगको लम्बाइ मानिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्याङ्क उपलब्ध नभएका कारण यसै भन्न सकिँदैनयद्यपि हाम्रो वरिपरिका देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरा मिल्ने भएकाले तुलना गर्नु मनासिव नै होला ।
नापको निर्धारण कसरी हुन्छ ?
यसको जवाफ त्यति सजिलो भने छैनकिनभने यसमा धेरै कुराले प्रभाव पारेको हुन्छ । छोटकरीमा भन्नुपर्दा वंशाणुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सम्भवत: सबैभन्दा बढी प्रभाव पुरुष हार्मोनको हुन्छ । धूमपानले भने यसको नाप कम गराउने प्रभाव राख्छ । सामान्यत: किशोरावस्थासम्म तीव्र गतिमा बढ्ने लिंग लामो समयसम्म किशोरावस्थापछि त्यही नापमा रहन्छ । अहिले लिंग बढाउने उपायजस्तो तन्काउनेदेखि शल्य क्रियासम्म उपलब्ध छ । उपाय हेरी यसका प्रभावकारिता वा अन्य असरहरू आआफ्नै किसिमका हुन्छन् । उमेर बढ्दै गए पछि अर्थात अधबैंसे भएपछि बिस्तारै लिंगको नापमा केही कमी आउँछ ।
उमेरअनुसार विकास
केटाको यौनांग विकासलाई निम्न चरणमा विभाजन गरिएको छ ।
१. Tanner Stage 1 (Pre-prepubertal) :  अन्डकोषको लम्बाइ २ दशमलव ५ सेन्टिमिटरभन्दा कम,यौनकेश आउन बाँकी तथा लिंगको वृद्धि नभएको ।
२. Tanner Stage 2 : अन्डकोषको लम्बाइ २ दशमलव ५ देखि ३ दशमलव २ सेन्टिमिटरलिंगको फेदमा हल्का रूपमा यौनकेश (मोटोगाढा रङ्गको केश) आउनेलिंगको वृद्धिको शुरुवात हुने ।
३. Tanner Stage 3 : अन्डकोषको लम्बाइमा वृद्धि भएर ३ दशमलव ६ सेन्टिमिटरको हुने अनि जधनास्थी क्षेत्र त्यसमा पनि यौनकेश (मोटोगाढा रङ्गको केश) फैलनेलिंगको लम्बाइ तथा मोटाइ बढ्ने । कतिपयको स्तनमा पनि केही वृद्धि देखिन सक्छ ।
४. Tanner Stage 4 : अन्डकोषको लम्बाइमा वृद्धि भएर ४ दशमलव १ देखि ४ दशमलव ५ सेन्टिमिटरको हुने,जधनास्थी क्षेत्रमा हुने यौनकेश (मोटोगाढा रङ्गको केश) वयस्क पुरुषको जस्तो हुने । लिंगको लम्बाइ तथा मोटाइ निरन्तर रूपमा बढ्ने ।
 ५. Tanner Stage 5 : अन्डकोषको लम्बाइमा वृद्धि भएर ४ दशमलव ५ सेन्टिमिटरभन्दा बढीको हुने,जधनास्थी क्षेत्रमा हुने यौनकेश (मोटोगाढा रंगको केश) वयस्क पुरुषको जस्तो नै हुने र तीघ्राको भित्रतिर फैलिने । लिंगको लम्बाइ तथा मोटाइ वयस्क नापमा पुग्ने । यदि स्तनमा वृद्धि भए त्यो हराएर जाने ।
मज्जा आउनेनआउने कुरा
यो पक्कै हो कि दुई व्यक्ति यौनसम्पर्कमा संलग्न हुन्छन् र धेरैजसोको मनमा आफ्नो यौनसाथीलाई पर्याप्त यौन सुख दिन नसकिएला कि भन्ने हुन्छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यौनसुख प्राप्त गर्न उक्त व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ । उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख वा मज्जा पाउनेनपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैनसहयोग गर्न मात्र सकिने हो । उदाहरणका लागि तपाईंले कुनै व्यक्तिलाई सुन्दर ध्वनि वा सुमधुर संगीत सुनाउन सक्नुहुन्छ तर त्यसबाट आउने मज्जा त उक्त व्यक्ति आफैंले लिनुपर्ने हुन्छ ।

अर्को कुरा महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर बाहिरतिरै हुन्छ । महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैनत्यसैले लिंगको लम्बाइ वा मोटाइ बढाएर बढी मज्जा लिन सकिने कुरा भएन । फेरि महिलाको योनिको बाहिरी (योनिद्वारनिरको) भाग नै यौन संवेदनशील हुन्छ न कि भित्री भागत्यसमा छोटो नै लिंगले पनि घर्षण गर्न भ्याउँछ । -कान्तिपुर साप्ताहिकबाट 
Loading...