Latest News

भारतीय आयल निगमले तेल भर्न बोलायो नेपाली ट्यांकर !!!

काठमाण्डु, २२ माघ–नाकाबन्दी अन्त्यसँगै भारतीय आयल कर्पोरेशन (आईओसी) ले वीरगञ्ज नाकाबाट इन्धन भर्नका लागि ट्यांकर पठाउन आग्रह गरेको छ ।
Nepal Oil corporation
आइओसी अधिकारीले नेपाल आयल निगमका अधिकारीलाई टेलिफोन गरी तेल भर्नका लागि ट्यांकर पठाइदिन भनेका हुन् । आइओसीको आग्रहमा निगमले शुक्रबार राति नै ३५ वटा ट्यांकर रक्सौलस्थित भारतीय आयल निगमको डिपोमा पठाउने तयारी गरेको छ ।
गत ७ असोजमा नाकाबन्दी सुरु भएपछि वीरगञ्ज नाकाबाट एउटा पनि ट्यांकर इन्धन भर्न रक्सौल गएको थिएन ।
Loading...