Latest News

शुभ विहानीसँगै तपाईको आज !!! आज वि.सं. २०७२ माघ महिनाको २३ गते शनिवार ।

आजको पञ्चाङ्ग : 
वि.सं. २०७२ माघ महिनाको २३ गते शनिवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघकृष्ण पक्षको त्रयोदशी तिथि २२ बजेर ५६ मिनेटसम्म उपरान्त चतुर्दशी तिथी । पूर्वाषाढा नक्षत्र १८ बजेर ३० मिनटसम्म उपरान्त उत्तराषाढा नक्षत्र । वज्र योग योग १९ बजेर ११ मिनटसम्म उपरान्त सिद्धि योग । आनन्दादि योगमा मातङ्ग योग, गर करण ११ बजेर ०८ मिनटसम्म उपरान्त वणिज करण । तदनुसार नेपालसंवत ११३६ पोहेलागा । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको ६ तारिख ।  
आजको राशिफल
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आज ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने भएकाले सावधानी रहनुपर्ला । मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केही धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । अढैयाशनिले तपाईलाई आक्रान्त गरिरहेकोले आज शनिको नाममा केही शान्तिको विधि गर्नु यहाँको लागि शुभकर हुनेछ ।
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । अल्लि बढी मेहनत तथा उपाय अवलम्बन गर्नाले मात्रै नगरी नहुने कार्य सम्पादन गर्न सकिएला । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा पनि प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सावधानी र एकाग्रताको अनुसरण गर्नु बुद्धिमानी हुनेछ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्न भने सकिने छ । दीर्घरोगीले आहारविहारमा ख्याल पुर्याउनु होला । 
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । दाम्पत्य सुख मिल्ने तथा विपरित लिङ्गीको सहयोग मिल्नेछ । युवायुवतीहरुको लागि प्रेम सम्बन्धको प्रस्ताव आउन पनि सक्ने सम्भावना रहनेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । व्यापार व्यवसायीले कर्मक्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । जागिर आदि र घरपरिवार एवम् कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनेछ । विभिद् सांसारिक उपलब्धि हुन गई मानसिक सुख एवम् शान्ति मिल्नेछ । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज अनुकूल रहनेछ । स्वास्थ्यमा सुधार आउने एवम् शारीरिक जोशजाँगर बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ । साथै शत्रुमाथि विजय हासिल गर्नसकिने छ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्ने र पदीय जिम्मेवारी लिनसकिने छ । आफ्नो पेशागत कार्यबाट पनि राम्रो उपलब्धि हुने तथा लक्ष्मीकृपा प्राप्त हुनेछ । पक्षविपक्ष बीचमा सम्पादन हुने वहस तथा राजनीतिजन्य क्षेत्रमा पनि आफ्नो वचस्व स्थापित गर्नसकिने छ । नयाँ स्थानको घुमफिर पनि हुनसक्ने ग्रहगोचरले संकेत गरिरहेको छ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आज आत्मप्रशंसाको आसक्तिको मनोविज्ञानले आफ्नै व्यक्तिŒवमा ह्रास ल्याउन सक्नेछ । अपूर्णताको महसूस गराउने गोचर परेकोले केही भौतिक पदार्थको अभाव खट्किन पनि सक्नेछ । ज्ञानोन्माद बढ्नसक्ने र कसैकसैलाई अरु खाइस बुद्धि आफू खाइस रीश भनेजस्तो पर्नसक्ने भएकोले कामकार्य तथा जनव्यवहारमा व्यवहारिकतालाई जोड् दिनु बुद्धिमानी र हितकर हुनेछ । विद्वतताको घमण्ड गर्दा स्थापित परिचयमा आ“च आउनसक्ने र अन्तिममा मनोवैज्ञानिक पश्चाताप पर्नसक्ने भएकोले आज निकै होस पूर्वक अघि बढ्नु होला । अढैया शनिको उपयुक्त उपाय यहाँको लागि शुभप्रद हुनेछ ।  
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आज केही सावधानी अप्नाउनु पर्ने दिन रहेको छ । आवश्यकभन्दा बढी विषयमा सरोकार राख्दा मनमुटावको बातावरण सृजना हुनसक्ने भएकोले होसियारी जरुरी हुनेछ । मानसिक संकोच बढ्नसक्ने, पारिवारिक भार तथा समस्या थपिने र अभाव खट्किन सक्ने आदि सम्भावना पनि देखिएको छ, सकारात्मक तरिकाले सामाना गर्न मानसिक तयारी गर्नु बुद्धिमानी हुनेछ । केही आलोेचना पनि आउनसक्ने भएकोले सहनशक्ति बढाउनु उपयुक्त हुनेछ । ग्रह परिस्थितिलाई बुझेर सावधानि अप्नाई चल्दा सामान्य दिनचर्या व्यतित गर्न सकिने छ । 
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आज पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । साढेसाती शनिको लागि शनि स्तुतिले आज तपाईलाई अझ मद्दत गर्नेछ । 
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज सामान्य फलिफाप भएपनि विशेष फलिफाप एवम् लाभ हुनको लागि ग्रहले अल्लि गार्हो मानिरहेको देखिन्छ । तथापि सामान्य दैनिकिको लागि भने ठिकै मान्नुपर्छ । आफ्नो भन्दा परकार्यमा समय दिनपर्ने तथा आफ्नो कार्य अधुरो रहन सक्ने सम्भावना देखिएको छ । वाणीमा संयमता अपनाएर व्यवहार गर्नुपर्ला अन्यथा कसैकसैलाई बोली पासो पर्नसक्ने छ । कोहीकोहीको लागि धन अपव्यय तथा अवसरको दुरूपयोग हुनसक्ने होकि भन्ने डर पनि गोचले लक्षित गरिरहेको छ । साढेसातीको शान्तिको लागि यथाशक्य कुनै उपाय अवलम्बन गर्नु शुभप्रद हुनेछ ।  
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज क्षणिक भएपनि उमङ्गिलो दिन छ । नया“ पेशा–व्यवसायको विचार मन्थन हुनसक्ने छ । औपचारिक विचार गोष्ठी–कार्यक्रम आदिमा संलग्न हुनपाइने अवसर मिल्नसक्ने छ । येश–कृति र शान्ति बढ्नेछ । अनुहारमा पनि हसिलो पन तथा आकर्षण बढ्ने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकार आदिद्वारा स्वागत सत्कार मिल्नेछ । घरपरिवार तथा कार्यक्षेत्रमा सौहार्दता र प्रसन्नता छाउने छ । मनोकूल वातावरण बन्ने र व्यवसाय एवम् कर्मक्षेत्रबाट लाभ तथा सफलता मिल्नेछ ।
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आज आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्ने मानसिक तयारीमा बस्नु उपयुक्त हुनेछ । प्रतिष्ठामा ह्रास भएको महसूस हुनसक्ने छ भने  शंका एवम् मानसिक भए पैदा हुनसक्नेछ । प्रतिकूल समयको अवधि सकिएपछि अनुकूल समय आउने हुनाले  आत्मबल कायम राख्नु होला । दीर्घ रोगीले स्वास्थ्यमा पनि ख्याल पुर्याउनु पर्ला । मान्यजनलाई भेट्घाट गर्ने, परोपकार आदि पूण्यकर काममा खर्च गर्ने आदि गरेर व्ययप्रद ग्रहयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । 
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज उच्चमनोबल बढ्ने र आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ । 
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवम् जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाजसेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । उच्च निकायका व्यक्तित्त्वहरुसँगको भेटघाट तथा संपर्कले मानिसक आँट एवम् उच्च मनोबल बढ्नेछ । सम्भावनाहरु हराइरहेका केही कामको सम्भावनाहरु पनि भेटिनसक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवम् पक्षका व्यक्तित्त्वसँग महत्त्वपूर्ण उपलब्धि लिनसकिने छ । राज्यको क्षेत्रबाट पनि आज काम लिनसक्नु हुनेछ । 
Loading...