Latest News

रातिको भूकम्पले काठमाडौं र ललितपुरमा १४ जना घाइते (फोटो फिचरसहित)

Bhukampa-Anamnagarकाठमाडौँ, २२ माघ । शुक्रबार राति गएको भूकम्पले राजधानीमा १४ जना घाइते भएको प्रारम्भिक विवरण मिलेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी रानीपोखरीका अनुसार, काठमाडौँको अनामनगरमा मात्रै पाँच जना घाइते भएका छन् । अनामनगरमा केही घरमा आंशिक क्षति भएको छ । सुत्ने तरखरमा रहेका उनीहरुलाई राति १० बजेर ५ मिनेटमा गएको भूकम्पले कडा धक्काबाट घरमा भएको क्षतिले घाइते बनाएको हो । केही भने आत्तिएर भाग्ने क्रममा घाइते भएका हुन् ।
यसैगरी, काठमाडौँको असन, स्वयम्भु, पानीपोखरी, बालाजु लगायतका ठाउँमा पनि एक/एक जना घाइते भएका छन् । ललितपुरको इमाडोलमा पनि एक जना घाइते भएका छन् । घाइतेहरुको प्रहरीले उद्दार गरी विभिन्न अस्पतालमा लिएर गएको महानगरीय प्रहरी केन्ट्रोलले जनाएको छ । घाइतेहरुको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले भूकम्पपछिको भागदौडको क्रममा काठमाडौँमा १३ र ललितपुरमा २ जना गरी १५ जना घाइते भएको जानकारी दिए ।
भूकम्पको धक्का महशुस भएसँगै राजधानीमा स्थानीयहरु सडकमा निस्किएका थिए । शुक्रबार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु रहेको ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Bhukampa-Anamnagar-4Bhukampa-Anamnagar-3Bhukampa-Anamnagar-2Bhukampa-Anamnagar-1
फोटो सौजन्यः सुभक महतो
Loading...