Latest News

यस्तो रहेछ लिंग उत्तेजित नहुनु र शिघ्र स्खलनको कारण !!!

त्तेजित भए पनि किन शिथिल रु
राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारिरीक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या उत्पन्न गराउन सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसको कारण हुन सक्छ । पार्किनसन्स वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीले पनि यस्तो गराउन सक्छ । साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थ सेवन गरेकाले होस् लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुन सक्छ । त्यसैगरी तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग जस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन् ।
तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ । तपाईंले केटी साथी शब्दको प्रयोग गर्नु भएको छ जसलाई विवाहपूर्व वा बाहिरको सम्बन्ध हो कि भन्न सकिन्छ । सामाजिक मूल्य(मान्यताबाहिर यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा पनि एक किसिमको तनाव हुन्छ । समाजवाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति हुन सक्छ । त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या अझ चर्को हुन सक्छ । यहाँ तपाईंले केटीसाथीले हेप्ने कुरा गर्नुभएको छ र त्यसलाई नै दबाब भन्न सकिन्छ ।
वीर्य पनि २(३ मिनेटमै र्झछ
किन्सेले गरेका यौनसम्बन्धी प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेट भित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । त्यस अर्थमा तपाईंको ३ मिनेटको अवधिलाई नराम्रो मान्न नसकिएला । लिङ्गलाई योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेट भन्दा कम समयमा वा ५ देखि १० धक्कानै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ ।
कसरी बढी टिकाउनेरु
अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन सक्छ । निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या चर्को हुन्छ । सर्वप्रथम त कारण नै पत्ता लगाई त्यसको समाधान खोज्नुपर्छ । यौन कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । सधंै चिन्ता गरिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन । मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कहिलेकाहीं औषधी सेवन गर्नुपर्ने हुन्छ । महत्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ ।
आक्कल(झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । शीघ्र स्खलनको समस्या नियमित रुपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् । जस्तै कि यौनसम्पर्क रोक्ने(सुरु गर्ने तथा पुरुष माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्ने । स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने वा कन्डमको प्रयोग गर्ने अनि पिसाव आउँदा रोक्न प्रयोग गर्ने । मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा हुन्छ ।
तपाईंलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगाङ्कुर बाहिरतिर नै हुन्छ र यसको घर्षण गर्न लिङ्गभन्दा औंला नै उपयोगी हुन्छ । तपाई र तपाईंकी केटीसाथीले राम्रोसँग कुराकानी गरी समस्या समाधानको वाटो खोज्नु श्रेयस्कर हुन्छ ।
Loading...