Latest News

सुशीलको मृत्युबारे कुरा उठेपछि कांग्रेस बैठकमा भाँडभैलो !!!

काठमाण्डु, ११ फागुन– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको दुई सातापछि मात्र कांग्रेसका नेताहरुले उनको मृत्युको कारण खोज्न थालेका छन् ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यहरुले सभापति कोइरालाको निधनमा पार्टी नेतृत्व र सरकार मौन रहेको भन्दै उनको निधन कसरी भयो भन्ने बारेमा स्पष्टिकरण दिन माग गरेका छन् ।
केन्द्रीय सदस्य सूर्यमान गुरुङले दुई घण्टा अघिसम्म राम्ररी कुरा गरेका सभापतिको दुई घण्टापछि नै निधनको खबर आएकाले त्यसबारे आम जनतालाई जवाफ दिनुपर्ने बताए ।
‘दोहोरो कुरा गरेको व्यक्ति दुई घण्टा पछि निधनको खबर आउनु रहस्यमय हो ।’ गुरुङको भनाई उध्रित गर्दै एक नेताले भने ‘पार्टीको सभापति र देशको पूर्वप्रधानमन्त्रीको अप्रत्यासित निधनबारे पार्टी र राज्यले जवाफ दिनुपर्छ ।’
उनले पूर्व प्रधानमन्त्री र पार्टी सभापतिजस्तो व्यक्ति बिरामी हुँदा किन उपचारका लागि अस्पताल नलगिएको भन्दै प्रश्न पनि गरेका थिए ।
गुरुङको भनाइमा अन्य सदस्यले पनि समर्थन जनाएका थिए ।
केन्द्रीय सदस्य शेखर कोइरालाले सबै प्रश्नको जवाफ केन्द्रीय समितिले दिन नसक्ने उल्लेख गर्दै पार्टीको पदाधिकारी बैठकले यो विषयमा जवाफ दिने बताए ।
उनले सभापति कोइरालाको निधनको प्रसंग केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा नभएको बताएका थिए ।
Loading...