Loading...
बिहान साझ हातमुख जोर्न पनि अरुको भर पर्नुपर्ने ७१ वर्षिय वृद्ध सुमित्रा रानालाइ आफ्नै घर बसिरहेको बेला बिहान एक हुल बादरले आक्रमण गरि गम्भीर घाइते बनाएको छ ।
उनले आफ्नो श्रीमान नरबहादुरको केही दिन अगाडि मृत्यु भएपछि काज किरिया गर्न समेत नसकेपछि स्थानियहरुको आर्थिक सहयोगमा काज किरिया उम्क्याउन सफल भएकी थिइन ।
बृद्ध महिला एकातर्फ कानले नसुन्ने रोग र दमरोगले पीडित वृद्ध महिलाका छोराछोरी छैनन् । बादरको आक्रमणमा परि घाइते भएकी महिलालाई स्थानियहरु आर्थिक संकलन गरेर जिल्ला अस्पताल गुल्मीमा उपचारका लागी ल्याएको स्थानिय स्वास्थ्य कर्मी रामकृष्ण कँडेलले बताए ।
बाँदरको आतंकबाट उनको दाइने हात र ढाडमा गम्भीर चोट लागेको बताइएको छ । बिहान साझ छाक टार्न समेत अरुको भरपर्नु पर्ने पीडित रानाको उपचारमा आर्थिक समस्या भएको स्थानिय स्वास्थ्यकर्मी कँडेलले बताए ।
Loading...
Social Buttons