Loading...
प्रधानमन्त्रीको भ्रमणमा अब ४८ घण्टा भन्दा कम समय शेष रहँदा पनि भारतीय विदेश मन्त्रालयले भ्रमणको प्रकृतिबारे अझै प्रष्ट पारेको छैन ।
हुन त नेपाल सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई राजकीय भ्रमण भनेर नै प्रचारित गरेको छ । मंगलवार सांझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणलाई राजकीय भ्रमण जनाउंदै ४६ जनाको टोलीलाई भ्रमण स्वीकृति दिएको छ । तर, भारतीय विदेश मन्त्रालयले नेपालको प्रधानमन्त्रीको भारत भ्रमणबारे अहिलेसम्म गरेको प्रेस ब्रिफिंग वा जारी गरेको प्रेस नोटमा कहिले पनि राजकीय भ्रमण वा आधिकारिक भ्रमण भनेको छैन ।
यसबारे बुझ्दा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरूले यसबारे अहिले सम्म पनि कुनै दिशानिर्देश नआईसकेको कुरा बताए । यद्यपि भारत सरकारले प्रधानमन्त्री ओलीको सम्मानमा ’स्टेट ब्यांक्वेट’को तैयारी भने चलिरहेको बताएको छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा, प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसमा र भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायले नेपाली राजदूतावास प्रांगणमा भोजको आयोजना गरेका छन् ।
यो सबै व्यस्था हुंदा पनि भारत सरकारको तर्फबाट यो भ्रमणलाई कुन श्रेणीमा राख्ने भन्ने अन्यौलता कायम नै छ ।
Loading...
Social Buttons