Latest News

शुभ विहानीसँगै तपाईको आज !!! आज वि.सं. २०७२ फाल्गुण महिनाको १ गते शनिवार !!!

आजको पञ्चाङ्ग : 
वि.सं. २०७२ फाल्गुण महिनाको १ गते शनिवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघशुक्ल पक्षको पञ्चमी तिथी अहिले बिहान १० बजेर ४२ मिनेटसम्म उपरान्त षष्ठी तिथी । रेवती नक्षत्र ११ बजेर १३ मिनेटसम्म उपरान्त अश्विनी नक्षत्र । शुभ योग २२ बजेर ०४ मिनेटसम्म उपरान्त शुक्ल योग । आनन्दादि योगमा धाता योग, बालब करण १० बजेर ४२ मिनेटसम्म उपरान्त कौलब करण । तदनुसार नेपालसंवत ११३६ सिल्लाथ्व । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको १३ तारिख । आज बसन्तपञ्चमी तथा सरस्वतीपूजा र फाल्गुणे संक्रान्ति पनि । श्रीपञ्चमी अथवा सरस्वती पूजाको दिन भएकोले आजको दिनको विशेष महत्त्व रहीआएको छ । 
 
आजको राशिफल
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आज बिहानको समय केही संघर्षकर रहेपनि तदोपरान्तबाट क्रमशः सुधार आउने एवम् कामकार्यमा सफलता मिल्ने छ । अनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंग छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली मिल्नसक्ने सम्भावना पनि देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । विद्यार्थीहरुको लागि विद्याकी देवी सरस्वतीको स्तुति तथा साधना विशेष फलप्रद हुनेछ । 
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज बिहानी समय ठिकै उपलब्धिकर रहने देखिन्छ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । गोचरले सञ्चित धन आकस्मिकरुपमा व्यय गराउन खोजिरहेको कुरालाई पनि संकेत गरिरहेको छ । एकाएक तनाबमा बढाउनसक्ने समय रहेकोले समयको प्रतिकूलतालाई बुझेर संयम धारण गर्नु बुद्धिमानी हुनेछ । आज विद्यार्थी भाईबैनी तथा शिक्षा क्षेत्रसँग सम्बद्ध सबैले सरस्वतीदेवीको ध्यान एवम् स्तुति आदि साधना गर्नु शुभ रहनेछ । 
 
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज आर्थिक लाभ हुने दिन परेको छ । पेशा एवम् व्यवसायबाट औकात तथा हैसियत अनुसारको धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कामकार्यमा सफलता मिल्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोले राजमान मिल्नसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी प्राप्त गर्नसकिने छ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज सबैको लागि सरस्वतीदेवीको ध्यान गान र बजान गर्नु शुभकर हुनेछ ।  
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि मुल्यवान दिन रहनेछ । मान्यजन तथा उच्चपदस्थ व्यक्तित्त्वहरुसँग भेटघाट हुन पाइने र आडभरोसा मिल्ने छ । जागिरेहरुको लागि पनि आजको दिन सहज रहनेछ । भावी कार्ययोजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । आज विद्यार्थी एवम् शिक्षाक्षेत्रसँग सम्बद्ध सबैले विद्यादात्री माँ सरस्वती देवीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजको दिन बिहान उपरान्त क्रमशः सहज बन्ने देखिन्छ । भाग्य एवम् धर्म बृद्धि हुने ग्रहयोग परेकोले उपयुक्त विषयमा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन सकिने छ । कसैकसैलाई तीर्थ यात्राको सम्भावना पनि रहेको देखिन्छ । महत्त्वपूर्ण योजना एवम् व्यवसायिक कार्यको बारेमा पनि सरसल्लाह हुनसक्ने छ भने पेशागत क्षेत्रबाट राम्रो लाभ उठाउन सकिनेछ । आज यहाँको लागि धार्मिक क्षेत्रलाई सहयोग गर्नु तथा विद्यार्थीलगायत सबैले सरस्वतीदेवीको भक्तिभाव बढाउनु ज्ञानप्रद हुनेछ । 
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आजको दिन बिहानी समय उपयुक्त रहेपनि उपरान्त विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुनेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज विद्यार्थी भाइबहिनी एवम् सम्बद्ध सबैले माँ सरस्वतीको भक्ति बढाउनु हितकर हुनेछ । 
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आजको दिन उमङ्गिलो रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । क्रमशः प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । आज विद्यार्थीसहित सबैको लागि माँ सरस्वतीको वन्दना तथा भक्तिभाव ज्ञानप्रद हुनेछ । 
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज अनुकूल मान्न सकिन्छ । बिहानी समयमा ज्ञानविज्ञानको क्षेत्रमा सपलता मिल्ने छ भने उपरान्त स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै शत्रुपक्षलाई झुकाउन सकिनेछ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । जागिर आदि कार्य क्षेत्रबाट राम्रो सफलता तथा उपलब्धि गर्न सकिने छ । पेशा तथा व्यवसायबाट आर्थिक लाभ गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने माँ सरस्वतीको पूजा आजा एवम् भक्तिभाव ज्ञानप्रद हुनेछ । 
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज मध्यान्हसम्म बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्नुहोला । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । आज निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थीवर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । आज पाँच अंक, रातो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने विद्यार्थी वा शिक्षा क्षेत्रसँग सम्बद्ध सबैले विद्याकी खानी माँ सरस्वतीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।  
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आजको दिन बिहानी सत्र केही अनुकूल भएपनि मध्यान्ह उपरान्त त्यति अनुकूल मान्न अल्लि सकिन्न । जनव्यवहारमा तपाईको भूमिकाको तालमेल अल्लि नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । संघर्षको अनुभूति हुनसक्ने छ । हतारभन्दा धैर्य गर्नु बुद्धिमानी हुनेछ । आज यहाँले अनावश्यक विषयमा सरोकार नराखेकै उचित हुनेछ । द्वन्दलाई प्रसय गरिरहेको गोचर देखिएकोले सम्भावित वादविवादबाट बच्न प्रयत्न गर्नुहोला । चार अंक, सेतो तथा उज्यालो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने माँ सरस्वतीको भक्तिभाव एवम् श्रद्धासेवा फापसिद्ध हुनेछ ।   
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज फलिफाप ग्रहगोचर परेको छ । शारीरिक एवम् मानसिक शक्तिको भरपुर प्रयोग गरेर बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । महत्त्वपूर्ण काममा आउने बाधाबिघ्न निवारणको लागि गुरु गणेशलाई खुशी बनाउनु उपयुक्त हुनेछ । जोशजाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ । आज विद्यार्थी भाईबहिनी एवम् सबैको लागि माँ सरस्वतीको वन्दना ज्ञानप्रद हुनेछ । 
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आज नया“ पेशा तथा व्यवसायको बारेमा विचार विमर्श हुनसक्ने छ । जागिर आदिको खोजीमा रहेकाहरुलाई नोकरी मिल्नसक्ने खालको सकारात्मक दिन रहेकोछ । संघसंस्था आदिमा काम गर्ने व्यक्तिहरुको लागि औपचारिक गोष्ठी–कार्यक्रममा सहभागी हुनपाइने सम्भावना छ । मानसिक एवं आत्मबल र बुद्धिविवेक बढ्ने र अपेक्षित कार्य अगाडि बढ्ने छ । सहयोगी भेटिनाले कार्य सम्पादन गर्न सहज हुनेछ । स्वास्थ्यमा आरोग्यता प्राप्ति हुने तथा कान्ति बृद्धि हुनाले आकर्षशक्ति पनि बढ्नेछ । आज यहाँलाई कतैबाट आर्थिक लाभ हुनपनि सक्नेछ । विद्यार्थी भाईबहिनीहरुको लागि आज माँ सरस्वतीको पूजाआजा एवम् भक्तिभाव ज्ञानप्रद हुनेछ । 
Loading...