Latest News

विदेश भने पछि यस्तो लाजै छैन नेतालाई ! क्रिस्चियन धर्म प्रचार गर्न कोरिया जाने हिन्दु यी हुन् !!!

काठमाण्डौ । विदेश भने पछि यस्तो लाजै छैन नेतालाई !  सरकारको स्वीकृति बिनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् ।
सांसदको टोली मन्त्री ढकालकै संस्था युनिभर्सल पिस फेडेरेसनको खर्चमा क्रिस्चियन धर्म प्रबद्र्धन गर्ने कार्यक्रममा भाग लिन गएको हो । संसद सचिवालयका सहसचिव रवि शर्मा अर्याल पनि टोलीमा छन् ।
कोरिया जाने सांसदहरुमो कांग्रसका तर्फबाट पार्वता डिसी चौधरी, ओमदेवी मल्ल र खड्खबहादुर बस्याल, एमालेबाट श्रीमाया थकाली, हरिप्रसाद उप्रेती, कृष्णभक्त पोखरेल, संघीय समाजवादी फोरमकी छाया शर्मा पन्त, नेकपा संयुक्तका जयदेव जोशी, परिवार दलका मिलनकुमार राजवंशी र नेकपा मालेकी कमला विश्वकर्मा छन् ।नयाँ पत्रिकाबाट
Loading...