Loading...
जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले हिजो अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न र निलकण्ठ नगरपालिका–२ का २८ वर्षीय नेपाली सेनाको प्युठ मीनबहादुर गुरुङलाई आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले सेनाको जिम्मा लगाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
चार महिलालाई काठमाडौँबाट गाडीको प्रयोग गरी भारत हुँदै तेस्रो मुलुकतर्फ लान लागेको थाहा पाएपछि प्रहरीले पुस २६ गते धादिङको नौबिसेबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
अभियोग लागेका अर्को ललित पुन भने फरार छन् । उनको ठेगाना समेत खुल्न सकेको छैन । चार महिलालाई काठमाडौँबाट गाडी चढाएर अभियुक्तले धादिङको नौबिसेमा झरेर बस्न भनेको र नौबिसे झरेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी उनीहरुविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । रासस
Loading...
Social Buttons