Latest News

नेपालीको लागि मलेसियामा अवसर गुम्यो, नेपालीको ठाउमा १५ लाख बंगाली लगिदै

काठमाडौं ।  मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने भएको छ ।
बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया सरकारसँग सहमति गरेका र केही साताभित्रै यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने जानकारी गराएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मलेसिया र बंगलादेशबीचको यो सहमतिले नेपालको वैदेशिक रोजगारीमा भने ठूलो झट्का लागेको छ ।
मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएको वेला बंगलादेशी कामदार त्यहाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ ।
विगतमा मलेसियाले बंगाली कामदार रोकेर नेपाली लिन थालेकाले लाखौंले त्यहाँ अवसर पाएका थिए ।
नेपालमा सरकारले निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनाकानी गरिरहेका छन् । 
Loading...