Loading...
‘बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुनेछ,’ उनले भने, ‘नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल छ ।’ जोशीको अनुसार अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको छ । भूकम्पपछि डेढ सय घरको अर्डर आएको उनले बताए । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुनेछ । यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ ।
कम्पनीको हेटौंडामा रहेको उद्योगले बाँसको ट्रिटमेन्ट गरेपछि घरको फ्रेम निर्माण हुन्छ । कम्पनीका अनुसार घरको फाउन्डेसनमा ढुंगा र सिमेन्ट प्रयोग हुन्छ । घरको छानो टिनको हुनेछ र भित्तामा बाँसमा सिमेन्टले प्लास्टर गरेपछि आर्कषक देखिने कम्पनीको दावी छ । कम्पनीले भूकम्प प्रभावितलाई लक्षित गरेर बनाएको घर भक्तपुर औद्योगिक क्षेत्रमा प्रदर्शनमा राखेको छ ।
‘भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले आफैले घर बनाएमा सस्तो पर्नेछ । हामीले घरको फ्रेम निर्माण गरेर सम्वन्धित क्षेत्रमा पु¥याउने र घर आफै बनाउन सक्नेछन्,’ जोशीले भने, ‘भित्तामा सिमेन्टको ठाउँमा माटोले लिपेर पनि बस्न सकिन्छ ।’ बाँसको घर बनाउन फाउन्डेसनको लागि १५ दिन र घर पूरै निर्माण गर्न १५ दिन लाग्ने उनले बताए ।
Loading...
Social Buttons