Latest News

राजा त्रिभुवनको फाल्गुन ७को घोषणाको अडियो र भारत भाग्दाको तस्बीरहरु तथा भिडियो !!!

भारत भागेका राजा त्रिभुवन फागुन ४ गते काठमाडौँ फर्किएका थिए। त्यसको तीन दिनपछि उनले शाही घोषणामार्फत् ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको’ बताएका थिए। राजा त्रिभुवनले २००७ फागुन ७ गते गरेको शाही घोषणाको अडियो सुन्नुस्-
12249778_1135937433086486_8809590356640034006_n२००७ साल कात्तिक २२ गतेका दिन राजा त्रिभुवन आफ्नो परिवारसहित भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए। त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्‍याइएको थियो। नेपालका राजा झण्डै साढे तीन महिना भारतमा शरणार्थीका रुपमा बस्नु परेको थियो। नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको बलमा धेरै भूभाग कब्जा गरिसकेपछि राणा सरकार, कांग्रेस र राजाबीच भारतको मध्यस्थतामा त्रिपक्षीय सहमति भएपछि बल्ल फागुन ४ गते त्रिभुवन नेपाल फर्किएका थिए। उनले फागुन ७ गते शाही घोषणाबाट प्रजातन्त्र स्थापना भएको उद्घोष गरेका थिए। राजा दूतावास पुगेको दृश्य अहिलेसम्म सार्वजनिक नभए पनि उनलाई भारतले विमानबाट दिल्ली पुर्‍याउँदा र उनी नेपाल फर्कन लाग्दाका दुर्लभ दृश्य सार्वजनिक भएको छ। राजा आफ्नै देशमा शरणार्थी भएको यो समाचारलाई त्यतिबेलाको बेलायती मिडियाले यसरी सनसनीपूर्ण प्रस्तुत गरेको थियो |

11222340_1135937019753194_7012068528707313940_n11223894_1135937263086503_3745840798077389916_n12189612_1135936946419868_6640967145855295451_n12196301_1135936983086531_4857998422193384678_n12208763_1135937333086496_9156249754198981063_n12227752_1135936916419871_3001393872728707824_n12235047_1135936723086557_2496770581157772286_n12239485_1135936826419880_1753170283682854990_n12239491_1135937389753157_617783736166741926_n12241381_1135937073086522_3487492155334529051_n12241408_1135936876419875_5493958929971602693_n (1)12241655_1135937493086480_7057825639722035145_n
Loading...