Latest News

मिटरब्याजको धन्दामा रेखादेखि दीपाश्रीसम्म संलग्न रहेको सनसनीपुर्ण खुलासा !!!

Actor Rekha Thapa, Actor Deepa Shree Niraula and Singer Rekha Shahकाठमाडौं,  माघ ।
मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो । क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाए पैसा असुल्दै आएकी थिइन् । यसैबीच काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् ।
नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरे कलाकारहरु मिटर ब्याजको धनमा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने केही टाट पल्टिएका छन् । नायिका दीपाश्री निरौलादेखि रेखाथापासम्मले मिटर ब्याजमा पैसा लगानी गरेका छन् । उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चलाउने फिल्म निर्माता ध्रुव न्यौपानेलाई पैसा लगानी गरेका दृष्टि साप्ताहिकमा खबर छ । न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती भएको थियो ।
हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन । न्यौपाने पनि यतिबेला उपत्यकाबाट विस्थापित भइसकेका छन् ।
Loading...