Loading...
यहाँ कार्यरत नेपालीले आफ्नो जीउज्यानमाथि खतरा आईपरेको खण्डमा यो हटलाईन मोवाईल सेवा प्रयोग गर्न सक्ने छन । आपतकालीन अबस्था आईलागे ०१६२४७२७७७ मा फोन गरि जानकारी दिन सकिने राजदूतावासद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ । गम्भिर समस्यामा परेकाले जुनसुकै बेला पनि यस मोवाईल नम्बरमा फोन गर्न सक्नेछन् ।
प्राप्त जानकारीका आधारमा उद्धार कार्य अगाडी बढाईने यहांस्थित नेपाली राजदूतावासले स्पष्ट पारेको छ । मदिरा सेवन गरि हटलाईन मोबाईल सेवाबाट जथाभाबी बोल्ने, गाली गलौज गर्ने या फोनको दुरुपयोग गर्नेलाई भने कारवाही हुनेछ । उपलब्ध हटलाईन मोवाईल सेवाको सहि सदुपयोग गर्न राजदूतावासले सबैमा आग्रह गरेको छ ।
कार्यालय समयमा सम्पर्क गर्नका लागि अन्य दुईवटा ल्याण्डलाईन नम्बर पनि खुल्ला गरिएका छन् । राहदानी, ट्राभल डकुमेन्ट र अन्य जानकारीका लागी कार्यालय समयभित्र ०३ २०२० १८९८ वा ०३ २०२० १८९९ मा फोन गरि सेवा लिन सकिने छ । राजदूतावासको कार्यालय शनिवार र आईतवार बन्द रहनेगर्छ । अन्य बार बिहान ९ बजे देखी सांझ ५ बजे सम्म कार्यालय खुल्ला रहन्छ । समस्यामा परेका बेला फोन गर्दा फोन नउठ्ने ब्यापक जनगुनासो बढेपछि राजदूतावासले हटलाईन मोवाईल सहित २ वटा ल्याण्डलाईन फोनबाट समस्या तथा गुनासा सुन्न तयार भएको हो । मलेसियामा अहिले ७ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।
Loading...
Social Buttons