Loading...
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले आइतबार लामाको मुद्दामा अन्तिम फैसला गर्नका लागि पक्ष र विपक्षका कानुन व्यवसायीसँग बहस नोट माग्ने आदेश गरेको छ । अघिल्लो साता मनांगेको मुद्दा पेसीमा थियो । चक्रे, गिरी र बस्नेतको मुद्दा पनि लगातार पेसी चढिरहेको थियो । विशेष अदालतका अनुसार उनीहरूको मुद्दामा पनि विपक्षी झिकाउने र प्रमाण मगाउने अवस्था पार गर्दै फैसलाको चरणमा पुगेको छ । सरकारी पक्ष र उनीहरूको बहस नोटपछि अदालतले आफ्नो अन्तिम फैसला सुनाउने छ । नागरिक दैनिकबाट
Loading...
Social Buttons