Loading...
विहीबार केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै युवा संघले नेपाल आयल निगमबाटै इन्धनमा चरम कालोबजारी भइरहेको भन्दै कारवाही गरी तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै युवा संघका अध्यक्ष राजीव पहारीले कालोबजारी नियन्त्रण गर्न माग गरे । उनले भने– आयल निगमले ठेक्का दिएको विराट पेट्रोलियमबाट बजारमा प्रतिलिटर १९० रुपैयाँमा पेट्रोल विक्री भइरहेको छ । यस्ता कालोबजारी गर्नलाई तुरुन्त कारवाही हुनुपर्छ ।
उनले कलोबजारी नियन्त्रणमा सरकारले ध्यान नदिए कानुन हात र साथमा लिएर काम गर्ने चेतावनी दिए । ‘हामी सरकारलाई ७ दिनभित्र कालोबजारी गर्ने एक एकलाई कारवाही गर्न अल्टिमेटम दिन्छौं । अन्यथा हामी कानुनलाई हात र साथमा लिएर अघि बढ्न बाध्य हुनछौं,’ चेतावनी दिँदै पहारीले भने ।
रसुवागढी केरुङ नाका खोल्ने फाइल रोक्नेलाई छाड्दैनौं
पत्रकार सम्मेलनमा युवा संघले चीनसँग जोडिएको रसुवागढी–केरुङ नाका खोल्ने फाइल तुरुन्त अगाडि बढाउनुपर्ने माग राखेको छ ।
अध्यक्ष पहारीले केरुङ नाका खोल्ने फाइल तत्काल अगाडि नबढाए फाइल रोक्ने उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजय गच्छदारलाई नछाड्ने बताए । उनले भने– फाइल तत्काल अगाडि बढाउनुपर्छ, होइन् भने बाधक बन्ने जोसुकैलाई पनि कानुनको कठघरामा उभ्याउछौं ।
यसका साथै युवा संघ नेपालले विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।
हेर्नुस् विज्ञप्तिः

Loading...
Social Buttons