Loading...
इलाम । अपाङ्ग युवतीलाई करणी गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आज छ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले दानाबारी–९ का कान्छा भनिने ३० वर्षीय रामकुमार राईलाई कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
अपाङ्ग युवतीलाई जर्वजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले गत कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा राईविरूद्ध किटानी जाहेरी दिएका थिए । रासस
Loading...
Social Buttons