Latest News

नाकाबन्दी वर्षौंसम्म जारी राख्ने धम्की !!!

काठमाण्डु, १६ माघ– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माघ १८ गते पछि नाका खोल्ने कुरा मनगढन्ते भएको बताएका छन ।
????????????????????????????????????
रिपोर्टर्स क्लबले शनिवार गरेको साक्षात्कारमा उनले भने,‘ १८ गतेपछि नाका खुल्छ भन्ने कुरा कहाँबाट आयो हामीलाई थाहा छैन’, ठाकुरले भने, ‘त्यो मनगढन्ते कुरो हो ।’

 
उनले नाकाबन्दीको निरन्तरता वा अन्त्यबारे मोर्चाको बैठक बसेर मात्र निर्णय हुने बताए । अबको बैठकले मधेस आन्दोलनको अहिलेसम्मको समीक्षा गर्ने जानकारी दिँदै बैठकपछि कार्यक्रम परिवर्तन हुन सक्ने औंल्याए । यद्यपि नाकाबन्दी यथावत रहने सम्भावना व्यक्त गरे ।

संविधान संशोधनले मोर्चाको माग आंशिक रुपमा मात्र सम्बोधन भएको भन्दै उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । ‘आन्दोलन वर्षौं जान सक्छ, राजतन्त्रको विरोधमा हामी चार वर्ष सडकमै थियौँ’, ठाकुरले भने ।
 
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारीमा रहेकोले नाका छाड्न भारतको दबाब पर्ला नि त ? भन्ने जिज्ञासामा ठाकुरले भने,‘जनता हाम्रो साथमा छन्, आन्दोलन नरोक्न जनताको दबाब छ ।’
 
नाकाबन्दीले असर गरेको विषयमा सोधेको प्रश्नमा उनले यस्तो प्रश्न सरकारलाई गर्न सुझाव दिँदै आफूहरुको सवाल भनेको यो देशमा बस्न पाउने कि नपाउने भन्ने रहेको बताए । उनले भने,‘ हामीले जुन स्वायत्तताको माग गरेका छौ, त्यो दिने कि नदिने, मधेसमा अहिले जति पनि ज्यान गुमाएका छन् ती नागरिक हुन् कि होइनन् ? यसको जवाफ दिनुपर्छ । जबसम्म नागरिकले अधिकार पाउँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

 
वार्तालाई आफूहरुले कहिल्यै अस्विकार नगरेको स्पष्ट पार्दै ठाकुरेले हालसम्म २६ पटक भएका वार्ता असफल भइसकेको बताए । सरकारले दुनियाँलाई देखाउन मात्र सरकार वार्ताको कुरा गरिरहेको भए पनि वार्तामा गम्भीर नरेहको आरोप लगाए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै ठाकुरले प्रधानमन्त्रीभन्दा अरु कोही धामी झाँक्री नभएकोले आफूलाई लागेको भुत पनि आफैंले झार्ने गरेको टिप्पणी गरे ।
महागठबन्धन निर्माणको विषयमा संघीय समावेशी गठबन्धनसँग छलफल भइइहेको बताउँदै गठबन्धनसँग मधेस आन्दोलनमा सुरुदेखि नै सहकार्य भइरहेको जानकारी दिए । 
Loading...