Latest News

बालकृष्ण ढुंगेल पछि कसको पालो ? प्रचण्ड वावुरामलाई पनि जन्म कैद हुन सक्ने

विजय केसी बालकृष्ण ढुंगेलको मुद्दामा सर्वोच्च अदालतले विहिवार एक महत्वपूर्ण फैसला सुनाएको एमाओवादीका भूतपूर्व सभासद समेत रहेका ढुंगेललाई द्वन्द्व कालमा भएको एक घटनामा अदालतले गरेको जन्मकैदको फैसलामा माफि नहुने निर्णय दिएको
वावुराम भट्टराई प्रधानमन्त्री भएको वेलामा ढुंगेललाई अदालतले गरेको जन्मकैदको फैसलावाट छुट्कारा दिलाउन मन्त्री परिषदले माफि दिने सिफारिस राष्ट्रपति समक्ष पठाएको थियो
सो सिफारिस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले माफि नदिनू नदिलाउनू भनि निर्णय दिएको
यस फैसलाले माओवादी क्याम्पमा ठुलो हलचल ल्याएको अदालतमा प्रचण्ड वावुराम लगाएत कयौं माओवादी नेताहरुको नाममा कयौं मुद्दाहरु छन् यदि अदालतले फैसला लिन थाल्यो भने प्रचण्ड वावुरामहरुलाई पनि माफि दिन नमिल्ने भई जेल जानु पर्ने स्थिति आउने खवरले उनीहरु माझ नयाँ भूकम्प आएको
अहिलेको संविधानको धारा २७६ मा माफि शिर्षकमा राष्ट्रपतिले कुनै अदालतले गरेको सजायँलाई कानून वमोजिम माफि, मुल्तवि, परिवर्तन वा कम गर्न सक्नेछ भन्ने उल्लेख
तर त्यसमा कानून वमोजिम भनिएको हुनाले कानून नवने सम्म सो धारा लागू नहुने विज्ञहरु वताउँछन् विहिवारको सर्वोच्चको फैसलामा पनि सो कुरा उल्लेख
अब कानून वनाउन वहुमत चाहिन्छ एमाओवादी संग वहुमत नभएको स्थितिमा एमाले वा कांग्रेसको शरणमा परेर उनीहरुको सहमतिमा मात्र त्यस कानून वन्ने हुन्छ

यस्तो स्थितिमा एमाओवादीका प्रचण्ड लगाएतका नेताहरु आगामी दिनमा एमाले वा कांग्रेस संग झुकेर सम्झौता गर्न वाध्य हुनु पर्नेछ वा जेल जान तयार हुनु पर्नेछ
nepalsandesh
Loading...