Latest News

नेपाललाई अमेरिकी राष्ट्रपतिको अर्काे चेतावनी !!!

American flag flying in the wind
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले विद्यमान राजनीतिक गतिरोध र इन्धन संकट हल नभए नेपालले गम्भीर मानवीय संकन बेहोर्नुसक्ने चेतावनी दिएका छन् ।
कार्टरले शनिबार वक्तव्य जारी गरी नेपालमा मानवीय सहायताको आवश्यकता रहेकाले सहयोग जारी राख्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन् ।
नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दी तथा मधेसी दलले मुख्य नाका वीरगन्जमा आपूर्ति अवरोध गरिरहेका कारण नेपालमा इन्धन र औषधिको संकट छ ।
यसअघि अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर वार्ता र सम्वादबाटै अगाडि बढ्न तथा आन्दोलनमा बल प्रयोग नगर्न भनेको थियो ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Loading...