Latest News

राजेश हमाल तेस्रोलिंगी ?

RAjesh-Hamalकाठमाडौं । निधारमा टिका, नाकमा फुली, ओठमा लाली, हातमा रातो चुरा अनि सारी र ब्लाउज ! लामो फिल्मी यात्रामा महानायक राजेश हमाललाई पहिलो पटक यस प्रकारको पहिरनमा देख्न सकिने भएको छ । हमाललाई पहिलो पटक यस्तो पहिरनमा देख्न पाइने भएको हो ।
झण्डै ७० प्रतिशत छायांकन पूरा भइसकेको, छायाँकनरत फिल्म ‘शकुन्तला’ मा महानायक राजेश हमाल यस्तै नारीले पहिरिने पहिरनमा प्रस्तुत भएका छन् ।
फिल्मको छायाँकन सुरु हुनु पूर्व आयोजित प्रेसमिटमा महानायक हमालले ‘सकुन्तला’ को शीर्ष भूमिकामा ‘महिला या पुरुष’ जो पनि हुन सक्ने बताएका थिए । तर, बुझिए अनुसार राजेश नै ‘शकुन्तला’ हुन, जो तेश्रोलिङ्गी समुदायमा पर्न आउँछन् । निर्देशक दिनेश श्रेष्ठले पनि महानायक हमालले आफ्नो फिल्ममा तेश्रोलिङ्गीको भूमिका निर्वाह गरिरहेको स्वीकार गरेका छन् ।
तर, उनले भनेका छन– ‘यस प्रकारको भूमिका कुनै एक दृश्यमा मात्रै हो या पूरै फिल्ममा हो भन्ने चाहिं ‘सकुन्तला’ हेरेपछि पत्ता लाग्छ ।’ महानायक हमालको यो भूमिकालाई गोप्य राख्न चाहेपनि आफ्नै निर्माण युनिटबाट तस्बिर बाहिरिएको समेत निर्देशक श्रेष्ठले खुलाए ।
राजधानी आसपास मै सुटिंग गरिकाएको ‘शकुन्तला’ को ७० प्रतिशत छायाँकन सकिइसकेको छ, जसको प्रदर्शन सभ्भवतः आउँदो सालको बैशाखलाई राखिएको छ । ‘सकुन्तला’ मा महानायक हमालसँगै किशोर खतिवडा र नायिका अनु शाह पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
Loading...