Latest News

टेलिकमको २०० थान रिचार्ज कार्ड चोरी, यी नम्बरका कार्ड खरिद नगर्न आग्रह !!!

recharge card of ntcमाघ ५।नेपाल टेलिकमका २०० थान रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमले आयात गर्ने क्रममा ति रिचार्ज कार्डहरु चोरी भएको जनाएको हो । चोरी भएका सबै कार्डहरु एक सय रुपैयाँ दरका भएकाले १०० को रिचार्ज खरिद गर्दा ध्यान पुर्याउन आग्रह गरेको छ। टेलिकमले सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड नकिन्न टेलिकमका आग्रह गरेको छ । यी नम्बरका कार्ड रिचार्ज नहुने पनि टेलिकमले जनाएको छ। टेलिकमले ती कार्डहरु भेटिएमा वा त्यसबारेमा कुनै जानकारी पाएमा नजिकको टेलिकम कर्यालयमा सूचना दिन पनि आग्रह गरेको छ।
Loading...