Latest News

नाका खोल्न नेपाली सेना प्रयोग गर्न सरकारलाई दबाव ???

काठमाडौं, २१ पुस । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाई हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन् ।
सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ।नेपालले जस्टिफाई हुने गरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने बताए ।
‘धर्ना बसेका नाकामा सशस्त्र, जनपद र सेनासमेतको प्रयोग गरेर नाका खुलाउन सकिन्छ’, सोमबार उनकै निवास कोटेश्वरमा अन्तर्वार्ता दिँदै नेपालले भने ।
अहिलेको नाकाबन्दीको विकल्प खोज्न सरकार उदासीन रहेकाले जनताले दुःख पाइरहेको उनले बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
नेपालले विगतमा भारतसँग मात्र निर्भर भएका कारण अहिलेको यो अवस्था आएको सांकेतिक रूपमा बताए ।
‘चीनसँग उच्च तहमा राम्रो गरी कुरा हुन सकेन। राम्रो गरी कुरा राख्न नसकेका कारण चीनबाट आउनुपर्ने सामान आएन । राम्रोसँग कुरा हुनसके चीनले दस वर्षमा गर्ने काम एक वर्षमा गरेर देखाइदिन्छ’, नेपालले भने ।
उनले विगतको कोइराला सरकारभन्दा अहिलेको सरकारले गरेको फरक काम बोल्नेमात्र भएको आरोप लगाए । आफ्नै पार्टीका अध्यक्ष केपी ओली पार्टीमा कुनै सरसल्लाह नगरी निरंकुश शैलीमा चलेको पनि नेपालले बताए ।
Loading...