Latest News

ठगी गर्ने चर्चित गायिका रेखा शाह पक्राउ

Rekha-saha
काठमाडौं । चर्चित गायिका रेखा शाह ठगीको आरोपमा पक्राउ परेकी छिन् ।
आइतबार राति प्रहरीले गायिका शाहलाई श्रीमान इन्द्र गुरुङसहित पक्राउ गरेको हो । चर्को व्याजदरमा ऋण दिएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए ।
क्यासिनोमा जुवा खेल्नका लागि सन्दिपराज काफ्लेलाई चर्काे ऋणमा पैसा लगानी गरेको अनुसन्धानमा खुल्न आएको छ । गायिका शाह दम्पत्तीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरी स्रोतका अनुसार गायिका शाहले सन्दिपराज काफ्लेलाई दश लाख रुपैंया दिएर ७० लाखको कागज बनाएको उजुरीको आधारमा उनीलाई नियन्त्रणमा लिइएको हो ।
Loading...