Loading...
ती दुई इन्काउन्टरको घटनापछि गुण्डागर्दीमा संलग्नहरु सुस्ताएका थिए । तर नेताहरुको संरक्षणमा केही अझैं सक्रिय रहेको सूचना प्रहरीले पाएको छ । केही नाम चलेका गुण्डा नाइकेहरु गुणगर्दीकै भरमा अझै पैसा असुल्दै आएको सूचनाका आधारमा प्रहरीले इन्काउन्टरको नयाँ सूची बनाउन थालेको हो । लागूऔषधसहित पक्राउ गरेर थुन्दा समेत अदालतले छाडिदिन थालेपछि प्रहरी इन्काउन्टर नै गर्ने मनस्थितिमा पुगेको हो ।
दावा लामा जस्त गुण्डालाई समेत सबै मुद्दामा अदालतले सफाई दिएछ, महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने, अब पक्राउ गरेर कामै छैन, जेलबाटै कतिपयले धन्दा चलाइरहेका छन्, गुण्डागर्दी नियन्त्रणलाई इन्काउन्टर बाहेक अब अरु विकल्प छैन । दावालाई लागूऔषध, ज्यान मार्ने उद्योग र अपहरण मुद्दा चलाएकोमा तीनै मुद्दामा सफाई पाएर उनी आइतबार छुटेका छन् ।
प्रहरी स्रोतका अनुसार अब पनि गुण्डागर्दीमा लागे अब बाँकी नराख्ने चेतावनी उनलाई प्रहरीले दिएको छ । अपराध महाशाखा र काठमाडौं परिसरले उनको फोटोसहितको रेकर्ड लिएर चेतावनी दिँदै उनलाई सोमबार रिहा गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले पनि जागिर गएपनि गुण्डागर्दीविरुद्ध हामीले सम्झौता नगर्ने बताएका छन् ।
उनले पत्रकार सम्मेलन नै गरेर पक्राउ गरेर जेल हाल्दा समेत नसुध्रिनेहरु्लाई गोली हान्नुको विकल्प नभएको बताएका थिए । सुध्रिएकालाई केही नगर्ने तर सक्रियलाई भने नछाड्ने एसएसपी थापाका तयारी छ । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल पनि घैंटेपछि अरु केही गुण्डा नाइकेको निगरानीमा लागेका छन् ।
दृष्टिका अनुसार मिलन चक्रे, दीपक मनाङेविरुद्ध समेत बेला बेलामा उजुरी आइरहेको महाशाखा स्रोत बताउँछ । उनीहरुलाई प्रहरीले पटक पटक चेतावनी दिँदै आएको छ । काभ्रेली समूहका गणेश लामा अपहरण मुद्दामा फरार छन् । अरु केही बी श्रेणीका गुण्डाका रुपमा चिनिनेहरु समेत प्रहरीको हिटलिष्टमा छन् । त्यस्तै प्रहरीलाई नै आक्रमणको योजना बनाएको आरोपमा घैंटेका केही सहयोगी पनि प्रहरीको खोजीमा छन् ।
घैंटेपछि महाशाखाले नेपालगञ्जका रिगल ढकाललाई टार्गेट बनाएको थियो । तर उनी आत्मसम्र्पण गरेर जेल चलान भएका छन् । केही ठूला नेता निकट भएर गोप्य रुपमा धम्क्याएर टेण्डर हात पार्ने र पैसा असुल्ने गतिविधिमा संलग्न रहेको स्रोत बताउँछ ।
Loading...
Social Buttons