Latest News

यस्तो छ, बाबुराम भट्टराईलाई युवराज लामाको खुला पत्र

????????????????????????????????????श्री डा. बाबुराम भट्टराई
अभियन्ता, ‘नयाँशक्ति’ ।

‘नयाँशक्ति’ निर्माण गर्ने भन्दै तपाईंले पार्टी छोडेर हिडेको दुई महिना कट्यो । आजका मितिसम्म यसको स्केच कोरिएको छैन । यसको टाउको कस्तो हुने ? अंगहरु कस्ता हुने ? यसलाई ३२ लक्षणको परम्परागत मापनमा कसी लगाउने कि सुन्दरताको नयाँ परिचय स्थापित गर्न कोशिसगर्ने भन्ने यकिन नहुन्जेलसम्म नयाँशक्तिको नारा किरण मानन्धरका चित्र झैं अमूर्त नै हुनेछन् ।
डा. भट्टराई, म यहाँलाई अर्ती–उपदेश दिन होइन, मनमा रहेका जिज्ञासाको जवाफ खोज्न यो पत्र लेख्दैछु । पत्र पढ्ने फुर्सद भयो भने कृपया जवाफ दिनु होला । किनभने यी आम जिज्ञासा पनि हुन् । तर, माओवादीवाट फुटेर बनेका बैध, विप्लप, मात्रिकाकै पछिल्लो शृङखला मात्र हो भनेचाहिं जवाफ नदिए पनि हुन्छ ।
नयाँशक्ति भन्दै गर्दा तपाईंले नयाँ पार्टीको ‘स्पेस’ देख्नु भएको होला । यहाँ प्रजातान्त्रिक, कम्यूनिष्ट, मध्यपन्थी, दक्षिणपन्थी लगायतका सवै विचारका पार्टीहरु शक्तिमा छन् । विचारको हिसावमा यी पार्टीले कता लादैंछन् ? यो बहसको विषय होला । तर खुलेर भन्न सकिने विषय हो, यी पार्टी र तिनका नेताहरुको ब्यवहारिक पाटो चाहिं देश र जनताको पक्षमा छैन । मलाइ लाग्छ, नयाँशक्तिको आवश्यकता र औचित्य यहाँले यही ठाउँमा देख्नु भएको होला ।
देश विकासको सुत्र तपाईंसँग छ भन्नेमा चाहिं धेरै नेपाली र दात्री निकायहरु आशावादी छन् । कालान्तरमा तपाईंले जित्ने ठाऊँ यही होला । मेरो एउटै शुभचिन्ता चाहिं तपाईंको हकमा कहाँ मात्र हो भने, आफू माथि लागेका आरोपहरु ब्यवहारले खण्डन गरेर मात्र नयाँशक्तिलाई पार्टीमा रुपान्तरण गरे हुन्थ्यो भन्ने हो ।
पार्टी दर्शन र संरचनाका संवन्धमा
डा. भट्टराई, तपाईंले पार्टी छोड्दैगर्दा ‘नयाँशक्ति’ निर्माणमा निश्कने वताउनु भयो । जीवन नै माक्र्सवाद, माओवाद, लेनिनवादमा समर्पित गर्नुभएको तपाईकालागी नयाँ शक्तिको नारा कति चुनौतीपूर्ण छ, अनुमान लगाउन सकिन्छ ।

विगतमा आत्मसाथ गरेका राजनीतिक दर्शनहरुका संवन्धमा तपाईंसँग दुईवटा मात्र बिकल्प छन् । पहिलो बिकल्प माक्र्सवादको सृजनात्मक प्रयोग गरेर अघि बढ्ने र दोस्रो बिकल्प माक्र्सवादको औचित्य सकिएको घोषणा गर्ने । यी मध्ये कुन वाटो राज्नु हुन्छ ? यतिवेला धेरैले हेरिरहेको पाटो यो पनि हो ।
संसारमा कम्यूनिष्ट ब्यवस्था सकिदै गएको कुरा सवैमा जगजाहेर छ । तपाईंको विचारमा माक्र्सवादको औचित्य सकिएको हो वा शासकहरु सही हुन नसकेका हुन् ? यस संवन्धमा तपाईंको स्पष्ट विचार आइसकेको छैन । यसको पृष्टभूमीमा तपाईंले नयाँ पार्टीको राजमार्ग वनाउनु पर्ने छ ।
अर्को स्पष्ट हुनुपर्ने जवाफ के हो भने, नयाँशक्तिको ‘स्पेस’ कुन हो ? एकता गरेर जाने शक्ति कुन–कुन हुन् ? र निषेध गर्नुपर्ने शक्ति कुन हो ?
पार्टी संरचनाका संवन्धमा पनि आम जिज्ञासा छ । जस्तो – नयाँशक्तिको केन्द्रीय संरचना कस्तो हुने ? यसलाई कुन मोडलमा स्थापित गर्ने ? वर्तमान पार्टीहरुलाई गुट–उपगुटले किन र कसरी गाँजेर राखेका हुन् ? के यसको निदान गर्न नसकुन्जेलसम्म नयाँशक्ति बन्न सक्छ ?
विकासका संवन्धमा
परम्परागत मूल्य र मान्यतामा चलेका पार्टीहरु र तिनले लिने निर्णयहरुको शृङखला हेर्दा पुरानावाट देश बन्दैन भन्ने पुष्टि हुन्छ । आम प्रश्न छ, तपाईंको नयाँ शक्ति चाहिं विकासको हकमा कुन दर्शनलाई मार्गचित्र बनाएर अघि बढ्छ ? वा नयाँ दर्शन प्रतिपादन गर्नु हुन्छ ? यो चुनौतीपूर्ण प्रश्नको पहिलो सामना तपाईंले गर्नुपर्नेहुन्छ ?

डा. भट्टराई, विकासको मापन मानसिक र भौतिक हिसावमा गरिन्छ भनेर यहाँलाई भनिरहनु पर्दैन । नेपाली समाजलाई यी दुई विकासको कुन चरणमा पु¥याउने भन्ने प्रश्नमा तपाईंको गृहकार्य छ कि छैन ? नेपालको सन्दर्भमा सर्बाङ्गिण बिकासको नीति कस्तो हुने छ ?
अर्को कुरा, वर्तमान सरकारी संरचनाले विकासको हरेक गतिलाई सुस्त बनाएर राखेको छ भन्नेमा तपाईं जानकार हुनुहुन्छ । यसलाई कसरी ‘फाष्ट’ बनाउने भन्नेमा पहिलो गृहकार्य हुन जरुरी छ ।
ब्यवहार
पार्टीको दर्शन र सिद्धान्त सार्वजनिक भएसँगै मित्र शक्ति र विस्थापित गर्ने शक्तिका संवन्धमा स्पष्ट खाका आउँछ नै होला । निषेध गर्नुपर्ने शक्तिका संवन्धमा स्पष्ट हुनुपर्छ कि पर्दैन ? मित्रशक्तिहरुसँगको एकता आवश्यक पर्छ कि पर्दैन ? पर्छ भने कसरी ? यी तमाम प्रश्नको पनि जवाफ आउला नै ?

अर्को प्रश्न, नयाँशक्तिमा प्रवेश गर्नेहरुको हैसियत र जिम्मेवारी कस्तो हुनेछ ? तपाईंको नजिक
Loading...