Latest News

मधेसी मोर्चासँग चार बुँदे सम्झौता हुँदै, यस्तो हुनेछ सम्झौता, भारतले दियो स्विकृती

शुक्रबार, १८ मंसिर
काठमाडौं । विगत एक सय नौ दिनदेखि तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सम्भवत आजै चार बुँदे सम्झौता हुने भएको छ । सम्झौताको प्रति पनि तयार भैसकेको उच्च स्रोतले दाबी गरेको छ ।
मधेसी मोर्चाका नेताहरुलाई भारतीय राजदुत रणजित रायले बोलाएर आफुहरुको पनि प्रतिष्ठा जोडीएकाले सम्झौता गर्न दवाव दिएको उच्च स्रोत बताउँछ । नेपाल सन्देशलाई प्राप्त जानकारी अनुसार मधेसी मोर्चासँग मुख्य चार बुँदा र संघीयताको सीमांकन सम्बन्धी बुँदामा चार उप बुँदा सहितको सम्झौता हुने भएको हो ।
सरकारले तयार पारेको सम्झौताको प्रतिलाई भारतले समेत स्विकृत दिइसकेको उच्च स्रोतको दाबी छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफुहरुको प्रतिष्ठा समेत जोडीएकाले मधेसी मोर्चाको आन्दोलन रोक्नेगरि सम्झौता गराउन राजदुत रायलाई निर्देशन दिएकी थिइन् ।
सम्झौता हुने सम्भावित चार बुँदाको पहिलो नम्वरमा राज्यको निकायमा समावेशी समानुपातिक सहभागिताको ग्यारेन्टीकालागि संविधानको धारा ४२ परिमार्जन गर्ने उल्लेख गरिने छ ।
यस्तै दोस्रो बुँदामा यो संविधानको प्रारम्भ हुँदा कायम रहेको प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नकालागि संविधानको धारा ८४ं को उपधारा १ क र ८४ं को २ संशोधन गरिने उल्लेख छ ।
यस्तै तेस्रो बुँदामा हाल संविधानमा नागरिकताका विषयमा कायम रहेको केही प्रावधानलाई परिमार्जनका लागि संशोधन गरिने उल्लेख छ । यस्तै चौथो बुँदामा संघीयताको सीमांकनका बारेमा उल्लेख छ ।
यसको चार उप बुँदाहरुमा पहिलोमा मधेसको माग सम्बोधन गर्नेगरि विद्यमान सीमांकनको व्यवस्था परिवर्तन गर्ने उल्लेख छ ।
दोस्रोमा यसकालागि राजनीतिक संयन्त्र गठन गर्ने, तेस्रोमा राजनीतिक सम्यन्त्रले ३ महिना भित्र संशोधन प्रस्ताव गर्ने र चौथोमा प्रतिवेदनलाई अनिवार्य रुपमा संविधान संशोधन मार्फत् कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।
नेपाली राजनीतिमा रात रहे अग्राख पलाउछ भन्ने बताइन्छ । यदि यस्तो भएन भने यी बुँदा सहित नेपालको राजनीतिमा आज महत्वपुर्ण सम्झौता हुने छ ।
nepalsandesh
Loading...