Latest News

रक्सौल नाकाका आन्दोलनकारी थकित र निराश

वीरगन्ज, २४ मंसिर– वीरगन्ज–रक्सौल नाकास्थित मितेरी पुलमा रातदिन धर्ना दिएर झन्डै अढाइ महिनादेखि नाकाबन्दी गर्दा पनि आन्दोलन निष्कर्षमा नपुगेपछि आन्दोलनकारी निराश र दिक्क भएका छन् ।
naka _BM-Parsa-dharna
नाकाबन्दी सुरु भएको ७८ दिन पुग्दा धर्ना दिनेको संख्या ह्वात्तै घटेको छ ।
 ‘नाकाबन्दी सुरु गर्दा मितेरी पुलको धर्नामा तीनचार सय आन्दोलनकारी रातिको समयमा पनि बस्थे,’ आन्दोलनरत मधेसी दलकै एक नेताले भने, ‘अहिले भने राति २०–२५ जना पुग्न पनि मुस्किल हुन्छ ।
दिउँसो पनि धर्नामा ४०–५० जनामात्र देखिन्छन् ।’ मितेरी पुलमा आन्दोलनकारीले गत असोज ७ गतेदेखि धर्ना दिँदै आएका थिए ।
नाकाबन्दी सुरु भएताका मितेरी पुलमा दिनहुँ हजारौं आन्दोलनकारी बस्थे ।
पर्सा र बाराका गाउँगाउँबाट सर्वसाधारण ट्याक्टरमा चढेर मितेरी पुल आउँथे, राति पनि यहीँ धर्नामा बस्थे ।
विभिन्न जातीय र पेसागत संघ–संगठनबीच वीरगन्जमा दिनहुँ जुलुस निकाल्ने र नाकामा धर्ना बस्ने होडबाजी चल्थ्यो । तर तिहार र छठ पर्वपछि भने मितेरी पुलमा धर्ना फितलो बन्दै गएको छ ।
अन्नपूर्ण पोस्टबाट
Loading...