Loading...
नेपाली ब्यापारी समाज मलेसियाले नेपाल फर्किन आर्थीक सहयोग गरेको हो । बिभिन्न कारणले जेल परी घरफिर्ती केन्द्रमा सारीएकालाई समाजले एकतर्फी हवाई टिकटको ब्यबस्था गरिदिएको मलेसियास्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । उनीहरु सबै मलेसियाको लंकाप पेराकस्थित घरफिर्ती केन्द्रमा रहेका थिए ।
समाजले आफ्नो आठौ बार्षिक उत्सबको अबसरमा नेपाल एयरलाईन्सको एकतर्फी हवाई टिकट उपलब्ध गराएको हो । उनीहरु बुधबार नेपाल फर्किएका हुन । घर फर्किनेहरुमा राजपुर १ रौतहटका महादेव हाजिरा, वाइ १ बाजुराका दीपक नेपाली, फूलबारी ३ कैलालीका सुदर्शन मैनाली, उदयपुर ६ ओखलढुंगाका सुजन राई, लादुक ४ दोलखाका नल सिं तामाङ, राजपुर ६ सप्तरीका नानुकान्त चौधरी र त्रिभुवन १० दाङका कृष्ण थापा छन । यस्तै बुटवल १५ रुपन्देहीका कुल बहादुर गुरुङ, मनमा १ कालिकोटका शंकर विष्ट, लुंखा ६ प्युठानका मोहन बहादुर रिजाल, सारगाउ ९ नुवाकोटका अभिषेक तामाङ, रविओपी ७ काभ्रेका मनोज भुजेल, केराबारी ७ गोरखाका सोम प्रसाद गुरुङ र मुसहरनीया ५ सप्तरीका शिवप्रसाद खत्वे खङ नेपाल फर्किएका हुन् ।
मलेसियाका झण्डै एक दर्जन क्याम्पमा अहिलेपनि दुईसय भन्दा बढी नेपाली घर फर्कने दिनको पर्खाइमा बसेका छन् ।मलेसियाका घरफिर्ती केन्द्रबाट नेपालीलाई शुन्यमा झार्ने राजदुतावासले लक्ष्य लिएको छ । पछिल्लो समय मलेसियामा रहेका बिभिन्न सघ संघठनले घरफिर्ती केन्द्रमा रहेका एवम् अलपत्र परेकालाइ नेपाल फर्किन आर्थीक सहयोग गर्दै आएका छन ।
यहा पक्राउ परेपछि अबैधानिक कामदारको हकमा सामान्यतया तीन महिना अनिबार्य जेल बस्नु पर्ने हुन्छ । तीन महिना पछि घरफिर्ती केन्द्रमा सारीएकाहरु आफ्नो टिकट शुल्क दिन सक्ने मात्र घर फर्किन सक्नेछन । टिकट शुल्क तिर्न नसक्नेहरु अनिश्चित काल सम्म घर फिर्ती केन्द्रमा अलपत्र बन्दछन ।
Loading...
Social Buttons