Loading...
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जिर्मले–८ का ६२ वर्षीय माइला भनिने वीरबहादुर तामाङलाई १० वर्ष कैद र पीडित महिलालाई २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
घरमा कोही नभएको मौकाछोपी गत भदौ ३ गते तामाङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अपाङ्ग महिलालाई बलात्कार गरेको भन्दै तामाङविरूद्ध जिल्ला प्रहरी कार्यालयले भदौ २७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस
Loading...
Social Buttons