Latest News

ज्योतीलाई यौन सम्पर्कको प्रस्ताव राख्नेको घुँइचो


नाम होस वदनाम होस तर गुमनाम नहोस’ यो नेपाली उखान पटक पटक सामाजिक सञ्जालमा चर्चामा आउने नेपाली गायिका तथा मोडल ज्योति मगरमा लागु हुन्छ । उनका गीत र नृत्य एवं मोडलिङमा उनको चर्चासँगै बदनाम हुँदै आएको छ । सामाजिक सञ्जालमा उनले अपलोड गर्ने फोटोहरुमा पनि उस्तै प्रतिक्रिया आएका छन् । कहिले पहिरनका कारण त कहिले उनको अभिनय र कहिले उनको गीतका शब्दका कारण उनको बदनाम हुँदै आएको छ । उनलाई बाहिर छिछि भन्नेहरु पनि उनको नृत्य हेर्न तँछाड म छाड गर्छन् । सामाजिक सञ्जालमा उनका तश्विर पोष्ट हुनासाथ लाइक गर्ने र कमेन्ट गर्नेहरुको घुँइचो नै लाग्छ । बिहीबार विहान यस्तै तश्विर फेसवुकमा पोष्ट गरिन् ज्योतीले । फेसवुकमा पोष्ट भएको उक्त फोटोमा उनी बसेकी छन् । सेल्फी लिएको उनको फोटोमा उनको वक्षस्थललाई फोकस गरिएको छ । उनको यो तश्विर पोष्ट हुनासाथ लाइक र कमेन्टको वर्षा नै भएको छ । उनको उक्त फोटोमा सकरात्म भन्दा पनि नकरात्मक टिप्पर्णीहरु बढी देखिन्छन् । दर्शकले उनलाई कसरी चिन्छन् यो फोटोमा आएका प्रतिक्रियाले पनि प्रष्ट पार्ला । बिहान उठ्ने बित्तिकै आफ्नो बिस्तारामा बसेर सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको तस्वीरमा पनि थुप्रै अश्लील प्रतिक्रियाहरु देखिएका छन् । उनको फोटोमा आएका अश्लिल प्रतिक्रिया हेर्दा एउटी यौन व्यवसायीलाई सोधिन जस्ता प्रश्नहरु बढी छन् । उनको फोटो हेरेर यौन सम्पर्कको प्रस्ताव राख्नेहरु पनि उत्तिकै छन् । अधिकांश प्रतिक्रियाहरुमा उनीसँग यौन सम्पर्कका लागि कति मूल्य हो भनेर सोध्नेहरु पनि छन् । उनले सेयर गरेको सेल्फीमा तीन हजार तीन सय बढीको लाइक र तीन सय पचास बढी कमेन्ट छन् ।
Loading...