Latest News

पहिलो पटकको यौनसम्पर्क महिलाको लागि किन पिडादायिक हुन्छ ;थाहा पाई राखौ


पहिलोपटकको यौनसम्पर्क तपाईंले सोचेसरह राम्रो नहुन सक्छ । वास्तवमा भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने गर्दछ । डा. महिन्दर वात्साले पहिलो पटक कसैसँग शारिरिक रुपमा

नजिक हुँदा के कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा बताएका छन् १. धेरैपटक स्लिप हुन सक्छः सबैजनाले आफ्नो पहिलो सम्पर्क गल्तीरहित होस् भन्ने चाहन्छन् । अझ कसैले त यसलाई कथाको पात्रसँग दाँज्नेसमेत गर्दछन् । यस्तो सोच्नु गलत भने होइन तर गल्ती नै हुनुहुँदैन भन्ने सोच्नु चाँहि गलत हो । पुरुषहरुले यौन सम्पर्कको समय लम्बियोस् भन्ने चाहन्छन्, तर, यदि उनीहरु चरमोत्कर्षमा चाँडै नै पुगेको खण्डमा गल्ती नै भयो भनेर सोच्नु हुँदैन । कसैको लिङ्ग उत्तेजनामा पनि समस्या आउनसक्छ तर त्यतिबेला आफू सेक्सको लागि योग्य छैन भन्ने भ्रम मनमा आउनसक्छ । यदि तपाईंले यस्तो सोच्नुहुन्छ भने यो तपाईंको गल्ती हो । यस्तो अवस्थामा तपाईंले आफ्नो पार्टनरसँग प्रशस्त पाक्क्रिडा गरेर अन्त्य गर्नसक्नुहुन्छ । यदि कुनै कारणले तपाईं आफ्नो पहिलो सम्पर्कमा असफल हुनुभयो भने त्यहाँ जहिले पनि दोस्रो मौका हुन्छ । यदि कुनै पुरुषले हस्तमैथुनद्वारा आफ्नो लिङ्ग उत्तेजित गर्नसक्छ, उक्त मानिस सामान्य अवस्थामा भएको बुझ्नुपर्दछ । २. हो, यो पीडादायी हुनसक्छ, तर पर्खनुहोस् : महिलाका लागि पहिलो पटकको यौनसम्पर्क अलिकति पीडादायी हुनसक्छ, तर पर्खनुहोस्, यो डराउनुपर्ने पीडा भने होइन । धेरैजस्तो अवस्थामा यस्तो पीडा औंला पड्काउँदाको पीडासरह हुन्छ । यद्यपि, पीडाको डरले नै यौनसम्पर्कको प्रक्रियालाई पुरै खराब गर्दछ । यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले आफ्नो पार्टनरले आफूसँगको सामिप्यतालाई सहज रुपमा लिइरहेको छ कि छैन त्यो याद गर्नुहोस् अनि मात्र प्रक्रियालाई बिस्तारै अगाडि बढानुहोस्
Loading...