Latest News

मोर्चाको ज्यादतीको पराकाष्ट; आन्दोलनकारीद्वारा युवकलाइ जिउँदै जलाउने प्रयास

नवलपरासी, मङ्सिर १६ । नवलपरासीमा आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एक युवकलाई जिउँदै आगो लगाएका छन् ।
नवलपरासीको सनही ९ मा इन्धन ओसार पसार गरेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको फर्साटिकरका १८ वर्षीय सन्दिप यादवको शरिरमा आगो लगाइदिएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनको गम्भीर अबस्थामा उपचार भइरहेको छ ।
कम्मर मुनीको भाग जलेको अबस्थामा यादवको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।
नेपाल भारत सीमाक्षेत्रबाट लु ३ प २०१७ नम्बरको मोटरसाइकलमा  डिजेल ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा यादवले बोकेको   डिजल नियन्त्रणमा लिएर सोही डिजेलले आगो लगाएको प्रहरीले जनाएको छ ।
यादवलाई जिउँदै जलाउने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सनही ९ का राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ का सेरु मियालाई पक्रेको हो । यसअघि मोर्चाका कार्यकर्ताले शुक्रबार र शनिबार मोटरसाइकलमा आगो लगाएका थिए ।
Loading...