Latest News

मधेसी मोर्चाका नेता राजेन्द्र महतो घाइते, प्रहरीको लाठीले टाउको फुट्यो (फोटो फिचरसहित)

Rajendra-mahato-2
विराटनगर, ११ पुस । संयुक्त मधेसी मोर्चा र प्रहरीको झडपका क्रममा मोर्चाका नेता राजेन्द्र महतो घाइते हुनु भएको छ ।
उहाँको टाउको फुटेको र यतिखेर उहाँ भारतको जोगवनीतर्फ जानुभएको छ ।
विराटनगरको रानीस्थित भन्सार नाकालाई मोर्चाका कार्यकर्ताहरुले आज अपराह्न ४ः१५ बजे धर्नामा बसेर अवरोध गर्न खोज्दा सो झडप भएको हो ।
प्रहरीले धर्नामा नबस्न सम्झाउने क्रममा मोर्चाका कार्यकर्ताद्वारा ढुङ्गामुढा प्रहार भएपछि अवस्थालाई साम्य पार्न प्रहरीले दुई राउन्ड अश्रुसेल प्रहार गरेका थिए ।
त्यसपछि मोर्चाका कार्यकर्ताहरुले सीमापारिबाट ढुङ्गामुढा गरेको र भारतको सीमा सुरक्षा बलले पनि मोर्चाका कार्यकर्तालाई धपाउनका लागि बल प्रयोग गरेका थिए ।
राजेन्द्र महतोको टाउको फुटेको सम्बन्धमा ढुङ्गामुढाका कारणले वा भारतीय सीमा सुरक्षा बलको लट्ठी प्रहारबाट भएको हुनसक्ने तर नेपाल प्रहरीबाट नेता महतोमाथि प्रहार नभएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताउनुभएको छ ।
राजेन्द्र महतो भारतीय क्षेत्रबाट आज अपराह्न रानी विराटनगरमा प्रवेश गर्नुभएको बताइएको छ । उक्त घटनामा पाँचजना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी गराउनुभएको छ ।
rajendra-mahato-600x0


Rajendra-mahato-1

Rajendra-mahato-3



Rajendra-mahato-5

rajendra-mahat 
Loading...