Loading...
विराटनगर, ११ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेस आन्दोलनको नेतृत्व गरिरहेका महतोलाई मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट मधेस आन्दोलनको नेतृत्व गरिरहेका महतोलाई धर्ना दिँदै गरेको अवस्थामा पक्राउ गरिएको विराटनगर प्रहरीले जनाएको छ ।
शुक्रबार वीरगञ्जबाट विराटनगर आएका महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । प्रहरीले हटाउन खोज्दा नमानेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
महतोलाई पक्रिदा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । केही आन्दोलनकारी घाइते भएका छन् ।
Loading...

Social Buttons