Latest News

स्याङ्जां;बाबुका साथीको बलात्कारबाट जन्मिएको काखे नानी च्यापेर किशोरी अदालततिर

स्याङ्जां । बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षकी किशोरी आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन् ।
छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी गाविस ८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी छिन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सिम्पपले कात्तिक दुई गते छोरा जन्माएकी थिइन् । छोराको न्वारान गर्न र सुत्केरी स्याहार्न आउँछु भनेर फोनमार्फत जानकारी गराएका ४२ वर्षका होमबहादुर थापा घरमा नआएपछि आफू अदालतको शरणमा आउने परेको उनले बताइन् ।
सिम्पल आफ्ना ३१ वर्षका पिता चोकबहादुर रानासँगै भारतमा बस्थिन
Loading...