Latest News

नाका कटाउन एसएसबीलाई प्रतिट्रक १० हजार घूस दिनुपर्ने

भैरहवा, १६ मंसिर– नाकाबन्दीपछि सुनौली नाका हुँदै नेपाल आउने गाडीसँग भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले चर्को रूपमा पैसा असुल्न थालेका छन् ।
पैसा खुवाएका गाडीलाई भारतीय सुरक्षाकर्मीले एस्कर्टिङ गरी पास गराइदिने गरेको पीडित चालकहरूले बताएका छन् । घूस दिएका गाडी पास भएर पास भएर पालो मिचेको विषयमा प्रश्न गर्दा ११ नेपाली ट्रक चालकलाई भारतीय सुरक्षाकर्मीले निर्घात कुटपिटसमेत गरेका छन् । घूस नखुवाएका गाडी हप्तौंदेखि सडका किनारामै थन्कन बाध्य छन् ।
लाइनमा रहने क्रममा भारतीय प्रहरीले आफूसँग पैसा मागेको चालकहरूले बताएका छन् । ‘हामीसँग उनीहरूले यदि गाडी अगाडि बढाउनु छ भने प्रतिगाडी १० हजार भारतीय रुपैयाँका दरले पैसा मागेका थिए,’ ना४ख २४५१ का चालक काजी अधिकारीले भने, ‘पैसा खुवाएका गाडी उही दिन पास हुन्छन्, नखुवाएका गाडीका मजदुर कुटाइ खान बाध्य भयौं ।’ भारतीय सुरक्षाकर्मीको कुटाइले उनको हात नचल्ने अवस्थामा पुगेको छ ।
–कान्तिपुर दैनिकबाट
Loading...