Latest News

सत्तापक्षका सांसदलाई नियन्त्रणमा लिन राजेन्द्र महतोको कार्यकर्तालाई निर्देशन

This Agitation Is A 'Do Or Die'
मोरङ, १६ मंसिर– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
तीन दिनयता मोरङमा रहेका महतोले मंगलबार डायनिया बजारमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमाओवादी सांसद जहाँ भेटिन्छन् त्यहीं पक्रनुस्, धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’
उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरूको घर घेरा हाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तीघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोकाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’ उनले जारी आन्दोलन भएकाले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरेका छन् ।
कान्तिपुर दैनिकबाटf
Loading...