Latest News

सिलिण्डर बम राखेर जोगबनी सडक पुल तोडने प्रयास बिफल !!!

बिराटनगर मंसिर १६ । अज्ञात समुहले सिलिण्डर बम राखेर  कोशी राजमार्ग स्थित बिराटनगर जोगबनी सडक खण्डमा पर्ने नहरको कल्र्भट (पुल)  तोडन गरेको प्रयास बिफल भएको छ ।
सोमवार राती साढे १२ बजे बिराटनगर १८ बिराटनगर जोगबनी सडक खण्डमा पर्ने नहरेको पुलमुनी  मटितेल , साईकलको व्यारिङ र पानी भरेर परालले बेरेर नहरको पुलमुनी ग्याँस सिलिण्डर आगो लगाएर राखेपनि सिलिण्डर बिस्फोट नहुँदा नहरको पक्की पुल तोडने प्रयास बिफल भएको हो ।
मध्य राती पुलमुनी आगो लागेको देखेपछि गस्तिमा खटिएका सिआरभी प्रहरीले आगो लगाएर पुलमुनी आगो लागेको देखेका थिए ।  आगो निभाएर तत्काल चेकजाँच गर्दा साना तीन सिलिण्डर  पुलमुनीबाट बरामद गरेका थिए । बरामद सिलिण्डर मध्ये एउटामा पानी , एउटामा मटितेल र एउटामा पानी  भरिएको पाईएको छ ।
बिराटनगर भन्सार नाकाबाट मालबाहक र सार्बजनिक सवारी साधन आवत जावत गर्ने मुख्य राजमार्गको उक्त्त कल्र्भट तोडीएको भए ढुवानीमा समस्या आउने थियो । नाका ठप्प पार्नकालागि पुल तोडने उद्देश्यले अज्ञात समुहले  सिलिण्डरमा आगो लगाएर पुलमुनी राखिएको हुनसक्ने  तर ढंग नपुग्दा योजना बिफल भएको प्रहरीको भनाई छ ।
सिलिण्डर बम कस्ले र किन राख्यो त्यो खुल्न नसकेको मोरंगका डिएसपी प्रमोद खरेलले बताए ।
Loading...