Loading...
उनीहरुले भनेका छन् हाम्रो जीवनकालभरीमा हाम्रो त्यो सम्पत्ति चान जकरबर्ग इनिसियटिभ भन्ने कम्पनीलाई दान दिइनेछ किनभने हामी आफ्नी छोरी हुर्किने विश्व श्रेष्ठतम होस् भन्ने चाहन्छौं। जकरबर्गका अनुसार अहिले शेयरको मूल्य ४५ अर्ब डलर छ। छोरी म्याक्सको जन्म गत हप्ता भएको थियो तर यो जोडीले मंगलबार मात्रै छोरीको जन्मको समाचार सार्वजनिक गरेको थियो।
चिठीमा जकरबर्गले भनेका छन् ‘ च्यान जकरबर्ग इनिसियटिभको लक्ष्य मानव संभावनालाई विकास गर्ने र नयाँ पुस्ताका सबै बालबालिकाबीच समानता प्रवर्द्धन गर्नु हुनेछ।प्रारम्भिक रुपमा त्यो व्यक्तिगत सिकाइ, रोग सञ्चो पार्नु, मानिसहरुलाई एकअर्कासँग जोड्नु र समुदायहरु बलियो बनाउनमा केन्द्रित हुनेछ। जकरबर्गले चिठीको शुरुमा छोरी म्याक्सलाई भनेका छन् ‘तिम्री आमा र मैले भविष्यका लागि तिमिले दिएको आशा वर्णन गर्ने शब्द नै भेटिरहेका छैनौं।’ बिबिसीबाट
Loading...
Social Buttons