Latest News

सुटुक्क दिल्ली गए बाबुराम भट्टराइ

dr bhattarai in mumbaiकाठमाडौं, मङ्सिर १८, देशमा राजनीतिक गतिरोधले निकास खोजिरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार दिउँसो नयाँ दिल्ली गएका छन् ।
एयर इन्डियाको जहाजबाट दिल्ली गएका भट्टराई दिल्लीबाट मुम्बइमा जाने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । भोली मुम्बइमा
विश्वबैंकको आर्थिक सम्बन्धि कार्यक्रम रहेको र सोही कार्यक्रममा प्रमुख कार्यपत्र प्रस्तुतकर्ताको रुपमा भट्टराइ रहेको ती नेताले जानकारी दिए ।
भट्टराईसहित कांग्रेस नेता विमलेन्द्र निधि, पूर्वअर्थसचिव रामेश्वर खनाल पनि कार्यक्रमका लागि गएको ती नेताले जानकारी दिए । मम्बइ र  दिल्ली भ्रमणका क्रममा उनको कुनै राजनीतिक भेटघाट नगर्ने बताइए पनि भ्रमण तालिका भने गोप्य राखिएको छ ।
उनी पर्सी दिउँसो काठमाडौं फर्कने कार्यक्रम छ ।
नेपालमा तीन दल र आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज साँझ वार्ता गर्ने तयारी भइरहेका बेला भएको दिल्ली भ्रमणलाई प्राथमिकता साथ हेरिए पनि भट्टराईले नेपालमा जारी गतिरोधको विषयमा खासै धारणा राख्ने तय नभएको बताइएको छ ।
तर मधेस आन्दोलनको समर्थनमा रहेका भट्टराईले नयान् शक्ति अभियान तीव्र पारिरहेका बेला दिल्ली जानु कुटनीतिको रुपमा हेरिएको छ ।
Loading...