Latest News

भारतको नाम नलिईकन अन्तर्राष्ट्रिय समुदायले भन्यो -‘आपूर्ति अवरोधजस्तो अमानवीय कार्य बन्द गर’

internatioonal commissionकाठमाडौं, मङ्सिर २३ । नेपालमा रहेर काम गरिरहेको अन्तराष्ट्रिय समुदायले मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा उत्पन्न असहज स्थितिबारे चिन्ता व्यक्त गर्दै संयुक्त रुपमा भारतको नाम नलिईकन आपूर्तिमा अवरोध पुर्‍याउनेजस्तो अमानवीय कार्य बन्द गर्न आग्रह गरेका छन् ।
नेपाली जनताले औषधिसमेत नपाएको अवस्थाप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै कुनै पनि मुलुकको नागरिकलाई त्यस्तो अवस्था भोग्न बाध्य बनाउने कार्य कतैबाट श्रृजना हुन नहुनेसमेत उल्लेख गरेका छन । उनीहरुले चरम इन्धन अभावले नेपालको आर्थिक विकास रोकिनुका साथै सर्वसाधारण जनताले दैनिक हात मुख जोर्नसमेत समस्या उत्पन्न भएकोतर्फ आफूहरू जानाकार रहेको उल्लेख गरेका छन ।
विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोग ९जिआईजेट०, जर्मन सहयोग,  युनिसेफ, युएन एड्स, यूएनएफपीए, बेलायती सहयोग निकाय (यूके एड०, कोरिया सहयोग नियोग (कोइका०्, जर्मनको सहयोग निकाय केएफडब्लुसहित नौ निकायले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो सन्देश दिएका हुन । विज्ञप्तीमा भनिएको छ, ुइन्धनको अभावले समयमा सामान पुग्न नसकेको र मेडिकल सामानसमेत आयात नभएकाले विरामीहरुको उच्चस्तरको उपचारमा कमी आएको छ । कतिपयको जीवन  बचाउनसमेत समस्या उत्पन्न भएको छ ।ु दुई जिउ भएकी महिला, भुकम्पले क्षति बनाएको क्षेत्र, दुर्गम जिल्लाहरुमा निकै समस्या रहेको भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको भन्दै उनीहरूले विज्ञप्ती जारी गरेका हुन् ।
ब्यक्तिको जीवन रक्षाको लागि सबै खालको सहयोग गर्न आफूहरु तयार रहेको पनि उनीहरुले जनाएका छन् । नेपालको पछिल्लो संकटपूर्ण अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदाय संयुक्त रुपमा चासो र चिन्ता व्यक्त हो ।
यसअघि युनिसेफले बालबालिर्का शिक्षबाट बन्चित बनाएको र अन्य समग्र अवस्थाबारेमा दूर्इपटक विज्ञप्ती जारी भएको थियो । युरोपेली युनियनले पनि समस्या गम्भिर हुदै गएको र यस्तै अवस्था रहेमा मानविय संकट उत्पन्न हुने जनाएको थियो । राष्ट्रसंघका महासचिवले पनि त्यही स्तरको विज्ञप्ती जारी गरेका थिए । तर काठमाडौंमा रहेको कूटनीतिक समुदाय तथा राजदूतलगायतबाट यसमा कुनै विज्ञप्ती जारी भएको छैन । यस्तो अवस्थामा मानविय विकास र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका केही अन्तराष्ट्रिय संगठनले जारी गरेको विज्ञप्तीले नेपालीलाई परेको समस्याको वास्तविकता बोलेको छ ।
joint press
आजको कान्तिपुर दैनिकबा
Loading...