Latest News

मुलुकभरि अत्याधिक चिसो बढ्न सुरु, जुम्लामा माइनस २.२ डिग्री मापन

काठमाडौं, २३ मंसिर । मंसिर महिनाको अन्त्य हुँदैगर्दा राजधानीलगायत मुलुकभरिको मौसममा पनि चिसोपना बढ्दै गएको छ । चिसो बढ्न थालेपछि बिहान र बेलुका घर बाहिर मानिसहरूको चाप घट्दै गएको छ ।
जाडोबाट बच्नका लागि न्याना लुगा लगाउनुका साथै आगोको छेउछाउ गएर बस्ने क्रम बढ्दो छ । दिउँसोमा पनि मानिसहरू पारिलो घाम लाग्ने स्थानमा गएर बस्ने गरेका छन् ।
यसैबीच, राजधानी उपत्यकामा आज बिहान न्युनतम तापक्रम ७ डिग्रीसेन्डिग्रेट रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सबैभन्दा धेरै चिसो जुम्लामा रहेको छ । जुम्लामा आज बिहानको तापक्रम माइनस २.२ डिग्रीसेन्डिग्रेड मापन गरिएको छ ।
सबैभन्दा धेरै तापक्रम जनकपुरमा रहेको छ । जनकपुरमा आज बिहान मापन गरिएको तापक्रमअनुसार अधिकतम तापक्रम २६.३ डिग्रीसेन्डिग्रेड मापन गरिएको छ ।
Loading...