Latest News

यी हुन् राष्ट्रपतिलाई तथानाम गाली गर्ने व्यक्ति, जसलाई प्रहरीले अहिलेसम्म पक्रन सकेन्

bidhya-Janakpurकाठमाडौं, ६ पुस । गत पुस १ गते विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरको दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुग्दा विरोध भन्दा गाली बेइज्जत बढी भयो ।
अपमानित गर्ने शब्दहरु र हर्कतले सबैको ध्यान तान्यो । मन्दिर तोडफोडदेखि ‘चोख्याउने’सम्मका हर्कत स्थानीय आन्दोलनकारीले गरे । तर, यसमा एक जना सरकारी शिक्षकले त पुरै सीमा पार गरेर राष्ट्रपतिलाई तथानाम गाली गरे ।
उनको नाम हो प्रदीप झा । जसले पुरै नेपाली जनता र राष्ट्रपति पदको गरिमालाई माटोमा मिलाए । अरुलाई सद्गुण सिकाउने झा आफै सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारीलाई आपत्तिजनक शब्दहरु प्रयोग गर्दै तथानाम गाली गरेका छन् ।
सामाजिक सञ्जालमा फैलिएको उनको टिप्पणीमा, ‘यसपालीको विवाह पञ्चमीको रौनक अलच्छिन विधवा देवी भण्डारीले समाप्त पारिन् । ठिकै भनिन्छ कि शुभ कार्यमा अलच्छिन र विधवालाई उपस्थिति हुनु हुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।’ लेखिएको छ ।
Pradeep-Jha
जनताले तिरेको करबाट तलव खाने शिक्षक हुन् प्रदिप झा । यस्तो फोहोरी मस्तिष्क बोकेर हिँडिरहेका ‘गुरु’ ले बालबालिकालाई कस्तो शिक्षा दिइरहेका होलान् ? एउटा सरकारी शिक्षकले सार्वजनिक रुपमा देशको सम्मानित संस्थालाई विषाक्त शब्दहरु प्रयोग गरेर निकृष्ट टिप्पणी गर्दा कुनै कानून लाग्दैन ? नेपालमा ‘साइबर कानून’ नामको कानून क्रियाशील छ ।
यो कानून के ठूलाबडाले आफूलाई मन नपरेका व्यक्तिहरुलाई फसाउनका लागि मात्रै बनाइएको हो ? घटना भएको ६ दिन वितिसक्दा पनि प्रहरीले झालाई अझै पक्राउ गर्न सकेको छैन् ।
Loading...